arrow

दुईपटक शुभबेला भएको दिनमा कस्तो होला तपाईको राशिफल ?

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७८ माघ २० बिहिबार
rashifal-horoscope-blue_1618100665.jpg

आजको पञ्चाङ्ग

आज मिति २०७८ माघ २० गते बिहीबार, इस्वीसंवत फेब्रुअरी ३ तारिक सन् २०२२, श्रीशाके १९४३, नेपाल संवत् ११४२, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । शिशिर ऋतु चलिरहेको छ ।

चान्द्रमान अनुसार माघशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघशुक्लपक्षको द्धित्तीय तिथि रहनेछ । आज नक्षत्रमा शतभिषा, विष्कुम्भादि योगमा परिध, करणमा तैतल र आनन्दादि योगमा मित्र रहनेछ ।

सूर्य मकर राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । आज दिनमान २७ घटि १२ पला अर्थात १० घण्टा ५६ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर ४९ मिनेटमा रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः४६ बजे हुनेछ ।  

आजको राशिफल

मेषः समय शुभ रहनेछ, आम्दानीका नयाँ स्रोत थपिंदै जानेछन् । नयाँ–नयाँ कार्ययोजना बनाउँदा लाभ पाइने छ । फलफूल सम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । पद र पैसाभन्दा प्रतिष्ठासंग गाँसिएका काममा लगानी हुन सक्नेछ । 

वृषः आज समय मध्यम खालको छ । स्वास्थ्यमा खासै खराबी नआउला । आँटेका काम सबै पूरा नभए पनि हतासको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ । आज ठूलो लगानी गर्नु जोखिमपूर्ण छ । 

मिथुनः समय शुभ तथा स्वास्थ्य भरपर्दो रहनेछैन । पेटमा आकस्मिक खराबी आउन सक्ने, आफ्नै रिसको झोंकमा काम बिगार्दै हिंड्ने, औषधी उपचार गर्दा छिटो स्वास्थ्य सुधार नहुने, जताबाट पनि तपाईलाई समय राम्रो छैन । 

कर्कटः समय भरपर्दो छैन । सरकारी कार्यालयबाट लिइने काम बन्ने छैन । आश्रित कर्मचारी, आफ्ना छोराछोरी पनि तपाईंको पक्षमा देखिंदैनन् । स्वास्थ्य पनि भरपर्दो नरहला । अनावश्यक खर्चले सताउने देखिन्छ ।

सिंहः स्वास्थ्य ठीकठाक रहनेछ । मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ । 

कन्याः समय शुभ छ, स्वास्थ्य भरपर्दो रहनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जाँगर बढ्नेछ, नयाँ जागीर खाने ईच्छा भएमा प्रयास गर्नु होस् सफलता मिल्ने छ । कसैलाई नगद धन दिएका भए आज माँगे पाइन्छ । 

तुलाः तुला राशि भएकाहरूका लागि आज समय शुभ छैन । साना–साना कुरामा पनि शंका र चिन्ता गर्ने देखिन्छ । जहाँ नजानु पर्ने हो बाध्यताले जानै पर्ने, अरु व्यक्तिले दिएको नखानु पर्ने हो तर खानैपर्ने र आफ्नोबारे निन्दा अपमान सुन्नुपर्ने समय छ । 

वृश्चिकः स्वास्थ्यमा समस्या आउन सक्छ । खाने पिउने मामलामा ज्यादै ख्याल गर्नु होला । पेट गड्बडीको सम्भावना बलियो छ । तपाईंका शत्रू जुनसुकै प्रकारले काम बिगारिदिने प्रयासमा छन् । आज खर्च गरेका, लगानी गरेका कामको भविष्य राम्रो छैन । 

धनुः स्वास्थ्यमा सुधार आउनेछ । पदीय प्रमोसन अथवा पैसा परिश्रम अनुसारको हात पर्ने समय रहेको छ । जग्गा, जमिन किन्न चाहनुहुन्छ भने आज अत्यन्त शुभ रहनेछ । पुराना छुटेका इष्टमित्रसँग भेट हुने मौका पनि पाउनु हुनेछ । 

मकरः मकर राशि भएकाहरूका लागि आज समय अत्यन्त खराब छ, शत्रुस्थानको चन्द्रमाले मनमा विना कामका चिन्ताले सताउनेछन् । आपूm अपमानित हुनुपर्ने ठाउँमा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिहरूसंग झगडा पर्न सक्नेछ । 

कुम्भः समय अत्यन्तै शुभ छ । भाग्यस्थानको चन्द्रमाको प्रभावले आज शिक्षा, सुन, घडेरी, घर बनाउने काम, स्कूलमा लगानी अथवा कुनै पनि शैक्षिक क्षेत्रमा लगानी आज गर्नुभयो भने राम्रो हुनेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । 

मीनः समय खराब छ । स्वास्थ्य पनि भरपर्दो रहनेछैन । चिसोबाट सतर्क हुनुहोला । यत्रामा समेत झमेला हुन सक्नेछ । लामो समयदेखिको पेशाबाट तनाव उत्पन्न हुनेछ । आम्दानीका स्रोतहरू बन्द हुनेछन् । 

साइतः आज सूर्य मकर र चन्द्रमा कुम्भ राशिमा छन् । त्यसैले पश्चिम बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज बिहीबार परेकाले दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला

बिहान ६ः४९ बजेदेखि      ०८ः११ बजेसम्म       शुभ बेला
बिहान ०८ः११ बजेदेखि      ०९ः३३ बजेसम्म       रोग बेला
बिहान ०९ः३३ बजेदेखि        १०ः५५ बजेसम्म       उद्धेग बेला
बिहान १०ः५५ बजेदेखि       १२ः१७ बजेसम्म       चर बेला
बिहान १२ः१७ बजेदेखि       १ः३९ बजेसम्म         लाभ बेला
दिनमा १ः३९ बजेदेखि        ३ः०१ बजेसम्म         अमृत बेला
दिनमा ३ः०१ बजेदेखि        ४ः२३ बजेसम्म         काल बेला
दिउँसो ४ः२३ बजेदेखि        ५ः४६ बजेसम्म         शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ