arrow

कांग्रेस नेताद्वय पौडेल र कोइराला पोखरा आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २० बिहिबार
Ramchandra & shakher.jpg

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य तथा पूर्व महामन्त्री डा. शशांक कोइराला पोखरा आउने भएका छन् । 

माघ २३ गते नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको कार्यालय उद्घाटन गर्न नेताद्वय पौडेल र कोइराला पोखरा आउने भएका हुन् ।

दुवै नेता पार्टीको १४औं महाधिवेशन पश्चात् पहिलो पटक पोखरा आउन लागेका हुन् ।

पार्टीले पोखरा महानगरपालिका वडा नं. ३ तेर्सापट्टीस्थित गिरिजाचोकमा पार्टी कार्यालय स्थापना गरेको छ ।

पोखरामा नेताद्वयले पार्टीको नेता कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम पनि रहेको पार्टीको गण्डकी प्रदेश समितिका सदस्य जीवन प्रसाद बाँस्तोलाले जानकारी दिए । 

यसैगरी दुवै नेताले नेपाली कांग्रेस कास्कीका नेता तथा कार्यकर्ताहरुसंग भेटघाट र पार्टीका पछिल्ला गतिविधिबारे पनि छलफल गर्ने कार्यक्रम रहेको सचिव भानु ढकालले जानकारी दिए ।

पार्टीको प्रदेश समिति स्थापना भएको छोटो समयमै पार्टी कार्यालय स्थापना गरिएको छ । 

पार्टीको प्रदेश महाधिवेशनमा सभापति शुक्रराज शर्माले पोखरामै प्रदेशको पार्टी कार्यालय स्थापना गर्ने प्रतिवद्धता जनाएका थिए ।

सभापति शर्माको आफ्नै जग्गामा प्रदेश पार्टी कार्यालय स्थापना गर्ने अठोट छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ