arrow

रुस र युक्रेनबीच बढ्दो तनावलाई लिएर नेपालमा प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २० बिहिबार
war-russia.PNG

काठमाडौं । रुस र युक्रेनबीच बढ्दो तनावलाई लिएर नेपालमा प्रदर्शन भएको छ । युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्न आग्रह गर्दै  मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । आज बुटवलको चौराहामा रुस र युक्रेनबीच तनाव अन्त्य गर्न आग्रह गर्दै समाजले  प्रदर्शन गरेको हो ।

प्रदर्शनमा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले युद्ध टार्ने कूटनीतिमा जोड दिँदै युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्न संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए  ।  

प्रदर्शनमा रुस र युक्रेनलाई युद्ध रोक्न शान्ति प्रवर्द्धन गर्न र जनताको शान्तिको अधिकारको सम्मान गर्न आग्रहसहित युद्धमा कसैले पनि जित्दैनन् पराजित केवल मानवता हुने गर्छ,, युद्धमा सबैको  क्षय हुन्छ, शान्ति मा सबैको जय हुन्छ लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

बिहान ११ बजेदेखि आधा घण्टासम्म गरिएको प्रदर्शनमा शान्ति समाजका सदस्य तथा शुभचिन्तकहरूको सहभागिता रहेको कार्यक्रम अधिकृत सरिता पौडेलले बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ