arrow

प्रदीप अधिकारीलाई महानिर्देशक बनाउन प्रेम आलेलाई के वाध्यता थियो ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २० बिहिबार
prem-ale-pradip-adhikari.jpg

काठमाडौं । बतास काण्डमा चर्चा कमाएका पर्यटनमन्त्री प्रेम आलेमाथि करोडौंको आर्थिक चलखेलमा परी एक विवादास्पद व्यक्तिलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक बनाएको आरोप लागेको छ । 

आले ६ जना वरिष्ठ कर्मचारीलाई पन्छाएर ११ औं तहका कनिष्ठ कर्मचारी प्रदीप अधिकारीलाई प्राधिकरणको महानिर्देशक पदमा मनोयन गरेका छन् । आलेको सिफारिसमा गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई क्यानको महानिर्देशकमा मनोनयन गर्ने निर्णय गरेको हो ।  

अधिकारी एमाले निकट प्राविधिक समूहका कर्मचारी हुन् । यसअघि उनी एमाले निकट इञ्जिनियरहरुको प्रगतिशील समुहमा सम्बद्ध थिए । दुई कार्यकालअघि इञ्जिनियरहरुको चुनावमा उनले प्रगतिशील इञ्जिनियरहरुको तर्फबाट महासचिव पदमा उम्मेदवारी दिएका थिए । तर पराजित भए ।

एमालेसँग निकट हुनु या नहुनु यो उनको निजी कुरा हो । तर उनीमाथि अख्तियारमा पटक पटक उजरी परेको छ र अख्तियारले उनीमाथि पटक पटक छानविन गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अर्बौंका आयोजनाहरुमा आयोजना प्रमुख भएर उनले काम गरेका छन् । 

ती आयोजनाहरुमा आयोजना प्रमुख हुँदा उनले करोडौंको हिनामिना गरेको आरोप उनीमाथि लागेको छ । यसै विषयमा अख्तियारले उनीमाथि बयान पनि लिएको छ । 

मन्त्रालय स्रोतका अनुसार पर्यटन मन्त्री आलेले एक महिनाअघि नै अधिकारीलाई क्यानको महानिर्देशकमा मनोजयन गर्ने आश्वासन दिइसकेका थिए । यस काममा उनलाई पूर्व पर्यटन राज्यमन्त्री धनबहादुर बुढाको पनि समर्थन र सहयोग रहेको मन्त्रालयका उच्च कर्मचारीहरु बताउँछन । 

एमाले विभाजनपछि बुढा नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका छन् । स्रोत भन्छ, ‘बुढाले नै अधिकारीलाई नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालसँग पुर्याउने काम गरेका थिए ।’ 

क्यानमा अधिकारीभन्दा माथि ६ जना कर्मचारी वरिष्ठ छन् । उनीहरु सबै १२ औं तहका हुन् । 

प्रतावबाबु तिवारी, भोला गुरागाई, देवचन्द्रलाल कर्ण, हंशराज पाण्डे, गोविन्द दाहाल र प्रेमचन्द्र ठाकुरलाई पाखा लगाएर आलेले अधिकारीलाई महानिर्देशक पदमा मनोनयन गरेका हुन् । 

मन्त्रालयका एक उपसचिव भन्छन्, ‘अधिकारीलाई क्यानको महानिर्देशकमा मनोनयन गर्न कम्तीमा पनि १० करोड रुपैयाँको चलखेल भएको हुनुपर्छ ।’ ती कर्मचारीले भने, ‘यसकारण पर्यटनमन्त्री प्रेम आलेमाथि अधिकारीलाई मनोनयन गर्नैपर्ने बाध्यता आयो ।’

के छ अख्तियारमा परेको उजुरीमा ?
–अख्तियारमा परेको उजरीको दर्ता नम्बर ८८९९ हो । उजरीमा भनिएको छ, –उड्डयन प्राधिकरणका तर्फबाट आह्वान भएको एयरपोर्ट अटोमोशन प्रोजेक्ट (सीबी १, सीपीएमडी २०७५–७६) सँग मिलोमतो गरी पटक पटक बोलपत्र कागजात संशोधन गरी तत्तत् स्वार्थबाट अनियमितता गरेकाले यस विषयमा तत्काल हस्तक्षेप गरी छानविन गर्न उपयुक्त हुन्छ ।  
– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको पीएस आइटमको रकमलाई रिभाइज इस्टिमेटमार्फत खर्च गरी करिब ५० करोड हिनामिना गरेको तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा परामर्शको ठेक्कामा सेटिङ गरी अनियमिता गरेको देखिन्छ  । 
– दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढको मास्टरप्लान प्रिपेरेसन तथा डिजाइनको पहिलो चरणमा परामर्शदातृ खरिद सम्बन्धमा अनियमिता तथा भ्रष्टाचार गरेको देखियो ।  
–अर्बौंका आयोजना आफूमार्फत सञ्चालन गरेर करोडौंको भ्रष्ट्राचार गरेको तथा  नियम नै नभएको संरचना बनाइ दोहारो जिम्मेवारी लिएर अनियमिता गरेको देखिएको छ ।  
 



नयाँ