arrow

रुसलाई टक्कर दिन पूर्वी युरोपमा अमेरिकाले पठायो थप सेना, रुसले गर्‍यो चर्को विरोध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २० बिहिबार
russia-attack-ukrain.PNG

काठमाडौं । पेन्टागनले क्यारोलिनाबाट २ हजार सेना पोल्याण्ड र जर्मनी पठाउने र जर्मनीमा रहेका १ हजार सेना रोमानिया पठाउने निर्णय गरेको छ ।

युक्रेनमा रुसले आक्रमण गर्ने चिन्ताकाबीच अमेरिकाले पूर्वी युरोपमा सेना पठाएको कदमको रुसले भने निन्दा गरेको छ।

मस्कोले यो विनाशकारी कदम भएको र यसले तनाव बढाएको टिप्पणी गरेको छ ।

युक्रेनी सीमा नजिक रुसले १ लाख सेना हातहतियारसहित तैनाथ गरेको छ । यद्यपि, रुसले भने युक्रेनमाथि आक्रमण गर्ने योजना नरहेको दाबी गरेको छ ।

दुई देशबीचको तनाव रुसले सन् २०१४ मा युक्रेनसँगको क्रिमिया कब्जा गरेयताकै उच्च बिन्दुमा पुगेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस हप्ता पूर्वी युरोपमा थप सेना तैनाथ गर्ने बताएका थिए ।

बाइडेनको यो निर्णयप्रति प्रतिक्रिया दिँदै रुसी उप विदेशमन्त्री अलेक्ज्याण्डर ग्रुस्कोले यो विनाशकारी र अनुचित कदम भएको टिप्पणी गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ