- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता चुडामणि कँडेल प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सहसचिवमा नियुक्त भएका छन् । प्रधानमन्त्रीको निजी सचिवालयमा विशिष्ठ श्रेणीका रूपमा कँडेलले सहसचिवको जिम्मेवारी पाएका हुन् ।
कँडेलले लामो समय कांग्रेसका प्रभावशाली नेता एवं गृहमन्त्री स्वर्गीय खुमबहादुर खड्का, पूर्वगृहराज्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ, पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतको सचिवालयमा समेत स्वकीय सचिवका रूपमा सफलतापूर्वक जिम्मेवारी निभाइसकेका छन् ।
अंग्रेजी विषयमा स्नातकोत्तर कँडेल कांग्रेस बाँकेका जिल्ला सदस्यसमेत हुन् । उनी पार्टीको १४ औं महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतका साथ निर्वाचित भएका थिए ।
उनी केन्द्रीय सदस्य एवं उद्योगी व्यवसायी विनोद चौधरी संयोजक रहेको नेपाली कांग्रेसको महत्वाकांक्षी लगानी पूर्वाधार र रोजगार विशेष समितिका राजनीतिक संयोजकसमेत हुन् ।