कोरोनाबाट एकै दिन १४ जनाको मृत्यु, ३१ सय ७५ संक्रमित थपिए
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २० बिहिबार
1.4k
Shares
काठमाडौं । कोरोना भाइरसको महामारीबाट थप १४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टा अर्थात् बिहीबार १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै अहिलेसम्म नेपालमा कोरोनाबाट ११ हजार ७७८ जनाको ज्यान गइसकेको छ । बिहीबार थप ३ हजार १७५ जना संक्रमित थपिएका छन् । १२ हजार ६०५ जनाको परीक्षणबाट पीसीआरबाट २ हजार ७४२ तथा एन्टिजेनबाट ४३३ संक्रमित थपिएका हुन् ।
८ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् । थप २ लाख ६६ हजार ५४० जनाले खोप लगाएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या ६३ हजार २९६ रहेको छ ।