arrow

माओवादी केन्द्र शुक्लागण्डकीमा मनराज

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २१ शुक्रबार
Man Raj Gurung.jpg

तनहुँ । नेकपा माओवादी केन्द्र तनहुँ शुक्लागण्डकी नगरपालिकाको अध्यक्षमा मनराज गुरुङ निर्वाचित भएका छन् । प्रतिस्पर्धी शरण सापकोटालाई १५ मतान्तरले पराजित गर्दै नगर कमिटी अध्यक्ष बन्न सफल भएका हुन् । गुरुङले ३९ र सापकोटाले २४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षमा निर्वाचित गुरुङ शुनपा-१२ का वडाध्यक्ष पनि हुन् । पार्टीको उपाध्यक्षमा राजु राना, रामचन्द्र भण्डारी र चेतनारायण पौडेल विजयी भएका छन् ।

रानाले सर्वाधिक ५४ मत पाउँदा भण्डारी र पौडेलले समान ४७ मत प्राप्त गरे । बुद्धिबहादुर खत्रीले २६ मत पाए ।

यस्तै, सचिवमा जीवन पोख्रेल, सहसचिवमा सुमन आले र कोषाध्यक्षमा झ्यामकुमारी थापा सर्वसम्मत भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ