- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । गत पुसमै सकिएको नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले अहिलेसम्म पदाधिकारी बाँडफाँड गर्न सकेको छैन । आठ दिन लगाएर गरिएको महाधिवेशनबाट चयन गरिएको केन्द्रीय समितिले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरे बाहेक कुनै पनि पदाधिकारी चयन हुन सकेका छैन ।
तर अब भने पदाधिकारी लगायतको जिम्मेवारी बाँडफाँड लगायत जिम्मेवारी दिने तयारीमा माओवादी लागेको छ । महाधिवेशन सम्पन्न गरेको झण्डै दुई महिनापछि नेकपा माओवादी केन्द्रले पदाधिकारी चयन गर्न गृहकार्य शुरु गरेको छ । आगामी २७ माघमा बोलाइएको केन्द्रीय समिति बैठकअघि नै महासचिव लगायतका पदमा सर्वसम्मत गराउने गरी आन्तरिक गृहकार्य बढाएको हो ।
गत पुस ११–१९ मा सम्पन्न महाधिवेसनले २ सय ९९ मध्ये अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डससहित २ सय ३६ केन्द्रीय सदस्य चयन गरेर महाधिवेशन सम्पन्न गरे पनि पदाधिकारी चयन गर्न सकेको छैन । मुख्यतः महासचिवका दावेदार वर्षमान पुन उपचारका लागि चीनमा रहेका कारण पनि पदाधिकारी चयन नगरेको माओवादीले २७ माघमा केन्द्रीय समिति बैठक डाकेर पदाधिकारी चयन गर्न लागेको हो ।
माओवादीले गत महाधिवेसनवाट पारित गरेको विधानअनुसार वरिष्ठ उपाध्यक्ष, ७ जना उपाध्यक्ष, १ जना महासचिव, २ उपमहासचिव र बाँकी सचिव रहने गरी १५ सदस्यीय पदाधिकारी बनाउने छ ।
यसैगरी बैठकले स्थायी समिति र पोलिटब्युरो र बाँकी रहेका खाली कोटामा केन्द्रीय सदस्य रहने गरी गृहकार्य गरेको हरिबोल गजुरेलले सञ्चारकर्मीलाई बताएका छन् ।
उनका अनुसार स्थानीय तहको निर्वाचनमा लाग्नु पर्ने भएकाले आगामी केन्द्रीय समितिवाट नै बाँकी पदपूर्ति र समितिलाई पूर्णता दिने तयारीमा लागेको माओवादी केन्द्रले योजना बनाएको छ ।
निर्वाचन आयोगले ४ जेठ भित्रै स्थानीय तहको निर्वाचन गरिसक्नु पर्ने संवैधानिक र कानूनी वाध्यता रहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराइसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सो विषयमा सकारात्मक भए पनि गठबन्धन दलका अन्य नेता अन्योलमा रहेका कारण अझै निर्वाचनको मिति तय हुन भने सकेको छैन ।