arrow

युक्रेन कब्जा गर्न रुसको ७० प्रतिशत तयारी पूरा : अमेरिकी अधिकारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २३ आइतबार
russia-ukraine.jpg

काठमाडौं। रुसले पूर्ण रुपमा युक्रेन कब्जा गर्न आवश्यक सैन्य शक्तिको ७० प्रतिशत सैन्य शक्ति तयार पारी ठीक स्थानमा राखिसकेको दुई अमेरिकी अधिकारीहरुले रोयटर्सलाई बताएका छन् ।

रुसले युक्रेनी सीमामा थप बटालियन रणनीतिक समूहहरू पठाइरहेको समेत ती अधिकारीहरुले बताएका छन् । पछिल्लो दुई हप्तामा रुसले युक्रेनी सीमा क्षेत्रमा बटालियन रणनीतिक समूहको संख्या ६० बाट बढाएर ८३ पुर्याएको छ ।

र थप १४ लडाकु समुह ट्रान्जिटमा  रहेको ती अमेरिकी अधिकारीले नाम नखुलाउने शर्तमा बताएका छन् ।

आक्रमणको समय अनुसार फेब्रुअरी १५ को आसपासमा स्थिती चरम अवस्थामा पुग्ने अपेक्षा गरिएको छ । र यो अवस्था मार्चको अन्त्यसम्म रहन सक्ने अनुमान गरिएको छ ।

रुसले युक्रेनी सीमा नजिक १ लाख भन्दा बढी सेनाहरू जम्मा गरे पनि आक्रमणको योजना नरहेको बताएको छ ।

तर, नेटोले युक्रेनलाई कहिल्यै स्वीकार नगर्ने र अन्य सुरक्षा शर्त राख्दै ती माग पूरा नभएमा जुनसुकै किसिमको कारबाही गर्न सक्ने रुसी चेतावनी छ ।

यस्तो अवस्थामा रुसले सीमित घुसपैठ सहित पूर्ण स्तरीय आक्रमण बाहेकका अन्य विकल्पहरू रोज्न सक्ने वाशिंगटनको भनाइ छ । तर, यस बिषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम निर्णय नगरेको ठानिएको छ ।

तर, पुटिनले सबै परिदृश्यहरू कार्यान्वयन गर्न सक्ने शक्ति राखिरहेको अमेरिकी अधिकारीहरुको भनाइ छ ।

यदि रुसले युक्रेनको राजधानी कीभमा आक्रमण गर्‍यो भने, केही दिनभित्रै यसको पतन हुने अमेरिकी अधिकारीहरुको आंकलन छ ।

यस्तो आक्रमणले ५ हजारदेखि २५ हजार युक्रेनी सेना हताहत हुनसक्ने र ३ हजारदेखि १० हजार रुसी सेना हताहत हुनसक्ने अनुमान गरिएको छ । यस्तै २५ हजारदेखि ५० हजार नागरिकसमेत हताहत हुनसक्ने अमेरिकी आंकलन छ ।

यस्तै युक्रेनमाथि रुसी पूर्ण आक्रमणले युरोपमा लाखौं शरणार्थी र आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको उडानलाई पनि प्रेरित गर्ने समेत अमेरिकी अनुमान छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ