arrow

लमजुङमा पुनः भूकम्पको धक्का

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २३ आइतबार
earthquake2.jpg

लमजुङ । लमजुङमा पुन: भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको दोर्दी गाउँपालिका-८ बन्सार केन्द्र विन्दु भएर आज हपराह्न ३:२७ बजे तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
 
जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको स्थानीयवासीले बताएका छन् । जिल्लामा यसअघि क्व्होलासोथर गाउँपालिका-१ बागलुङपानी केन्द्रविन्दु बनाएर यही माग १३ गते राति १० बजेर ३४ मिनेट जाँदा २.५ रेक्टर स्केलको भूकम्प गएको  थियो ।

  गत जेठ ५ गतेयता महिनैपिच्छे भूकम्पका धक्का महसुस हुने गरेको छ । सो यता हालसम्म साना ठूला गरेर १५० भन्दा बढी पटक भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ