- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आजराति देखि लागु हुनेगरी जोरविजोर प्रणाली हटाएको छ ।
कोरोना भाइरसको संक्रमण कम हुँदै गएकाबेला जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार नयाँ आदेश जारी गर्दै जोरविजोर प्रणाली हटाएको हो ।
यस्तै कार्यालयले फागुन १ गतेदेखि १२ वर्षमाथिका विद्यार्थीहरुको हकमा नियमितरुपमा विद्यालयसमेत सञ्चालन गर्न सकिने बताएको छ ।
यस्तै रात्रिकालिन व्यवसायसमेत राति १० बजेसम्म सञ्चालन गर्न सकिने आदेश जिल्ला कार्यालयले जारी गरेको छ ।