arrow

कोरोनामुक्त भए बाबुराम भट्टराई 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २४ सोमबार
baburam-bhattrai1.jpg
तस्बिर– फाइल

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । ‘१२ दिन पछि कोरोना संक्रमणबाट मुक्त भएको छु। पीसीआर रिपोर्ट नेगेटिभ आएको छ’ उनले भनेका छन् ।

अब सार्वजनिक कार्यक्रममा फर्कने उल्लेख गर्दै भट्टराईले भनेका छन्, ‘देशभित्र र बाहिरबाट स्वास्थ्यलाभको कामना गर्नुहुने, शुभेच्छा व्यक्त गर्नुहुने सबैमा हार्दिक आभार ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ