arrow

वामपन्थीहरु एमसीसीको विरोधमा सडकमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २४ सोमबार
mcc.jpg

काठमाडौं । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई प्रतिनिधिसभावाट पारित गर्ने तयारी तिव्र भइरहेको बेला साना वामपन्थी दलले भने विरोधमा भोलिदेखि आन्दोलन चर्काउने भएका छन् । 

२५ माघमा देशैभर संयुक्त कोणसभा गर्न लागेका साना वामपन्थी दलले माघ २६ गते काठमाडौं उपत्यकामा माइतीघरबाट जुलुससहित संसद भवन अगाडि विरोध प्रदर्शन र देशैभर सदरमुकामहरुमा संयुक्त विरोध प्रदर्शन र सभा आयोजना गर्ने निर्णय लिएका छन् ।

‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधिनतामाथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसका विरुद्ध सशक्त आन्दोलन सृष्टि गर्न’ अपिलसमेत गरेका छन् ।

यसरी अपिल गर्ने साना वामपन्थी दलहरुमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजित बुढाथोकीको नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी रहेका छन् ।

साथै, मोहन वैद्य र मोहनविक्रम सिंहका पार्टीका मोर्चाहरु क्रमशः सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा नेपालले पनि उक्त आन्दोलनमा सामेल हुने भएको छ । 



नयाँ