arrow
ADVERTISEMENT

रुस-युक्रेन तनाव कम गर्न शान्ति समाजको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २४ सोमबार
war-russia.PNG

काठमाडौं । रुस युक्रेन तनाव कम गर्न आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरेको छ । 

जोरपाटी चोकमा आज आयोजित शान्तिपूर्ण धर्नामा गोकर्णेश्वर नगरपालिका–५, ६ र ८ का वडाध्यक्षहरु क्रमश : नारायण सुवेदी, रमेश अर्याल र मनोज ढुङ्गानाले रुस र युक्रेनबीचको तनाव कम गर्न विश्व समुदायले पहल गर्नुपर्ने धारणा राखेका थिए ।

यसैगरी शान्ति समाजका केन्द्रीय महासचिव रामकृष्ण बराल, पूर्वकेन्द्रीय सभापति उत्तम पुडासैनी, केन्द्रीय कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सचिव नम्रता खरेल, काठमाडौँ जिल्लाका पूर्वसभापति ईश्वर पुडासैनी, शाखा सभापति भगवान पुडासैनी, सचिव प्रमोद फुयाँल लगायतले विश्वमा शान्ति कायम गर्न सबै पक्षको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ