- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चिनियाँ टेनिस स्टार पेंग शुआइले आफुमाथि जबरजस्ती भएको भन्ने कुरा र आफु बेपत्ता भएको कुरा अस्वीकार गरेकी छिन् ।पहिलो पटक एक पश्चिमी मिडिया आउटलेटसँगको अन्तर्वार्तामा उनले यस्तो टिप्पणी गरेकी हुन् ।
गत नोभेम्बर २ मा पेङले चिनियाँ सामाजिक प्लेटफर्म वेइबोमा १,६०० शब्दको पोस्ट लेख्दै पूर्व चिनियाँ सहायक प्रिमियर झाङ गाओलीलाई आफूसँग यौनसम्पर्क गर्न बाध्य पारेको आरोप लगाएकी थिइन्।
उनको सो पोस्ट एक घण्टाभित्रै डिलिट भएको थियो । त्यसपछिका केही सातासम्म उनी सार्वजनिक स्थानमा देखा परेकी थिइनन् ।
त्यसपछि महिला टेनिस संघलगायत विश्वभर उनी वेपत्ता परेको समाचारहरु आएका थिए र उनको सुरक्षा अवस्था लिएर चिन्ता बढेको थियो ।
चीनमा उच्च राजनीतिक अधिकारी, सरकारी कम्पनी र अधिकारीहरुविरुद्ध बोल्नेहरुलाई बेपत्ता पार्ने गरेका घटना घट्दे हुँदा विश्वभर टेनिस स्टारको सुरक्षा अवस्था लिएर चिन्ता बढेको थियो ।
यद्यपि उनले पछि आफु स्वस्थ रहेको र आफ्ना साथी एवं परिवारसँग समय बिताइरहेको बताएकी थिइन् । गत डिसेम्बरमा उनले चिनियाँ भाषाको सिंगापुरको मिडियासँग बोल्दै आफुले यौन दुव्यर्वहारको आरोप लगाएको कुरा अस्वीकार गरेकी थिइन् ।
यस पटक चीनमा जारी शितकालीन ओलम्पिक खेलका क्रममा फ्रिन्च न्युजपेपर लक्युपे (L'Equipe) न्युजपेपरसँग बोल्दै उनले आफ्नो उक्त पोस्टलाई गलत तरिकाले लिइएको टिप्पणी गरेकी हुन् ।
यस्तै उनले आफु नहराएको र त्यति खोजि किन भयो भनेर आफु चकित परेको टिप्पणी गरेकी छन् । तर, वेइबोको उनको प्रोफाइल उक्त पोस्ट हटाइएपछि अपडेट भने भएको छैन् ।