arrow

युक्रेनमाथि आक्रमणबारे बुझ्न जोनसनले रुस पठाउँदै मन्त्री

logo
एएनआई,
प्रकाशित २०७८ माघ २४ सोमबार
liz-truss.jpg

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले  विदेश मन्त्री लिज ट्रुसलाई रुस पठाउने भएका छन् । यही फेब्रुअरी १० मा ट्रुसले रुस भ्रमण गर्ने भएकी छन् । 

प्रधानमन्त्री जोनसनले अघिल्लो हप्ता नै रुस गएर युक्रेनमा रुसले आक्रमण गर्न लागेको भन्ने चर्चाका बारेमा बुझेर आउन निर्देशन दिएका थिए । 

तर त्यति बेला उनी कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि भ्रमण स्थगित भएको थियो । 

विशेष गरेर युक्रेनसम्वन्धी विवादमा छलफल गर्न उनले रुसको भ्रमण गर्न लागेको अधिकारीहरूले जनाएका छन् । 

बेलायती विदेश मन्त्रीको रुस भ्रमणको विषयलाई अत्यन्त चासो र महत्त्वका साथ हेरिएको छ ।



नयाँ