-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३ जना कोभिड१९ संक्रमितको मृत्यु भएको छ । यसै अवधिमा १५ सय ७० जना नयाँ संक्रमित थपिएका छन् ।
यस अवधिमा ६ हजार १ सय ४६ जना संक्रमित संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ३ सय ६५ जनाको नमूना परीक्षण गरिएको थियो ।
हाल सक्रिय संक्रमितको संख्या ४० हजार १ सय ११ रहेको छ ।