arrow

'प्रचण्डको गिर्दो छवि अझै गिरिरहेको छ' 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २५ मंगलबार
prachanda-final1.jpg

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छवि अझै गिरिरहेको नेकपा एमालेका नेता महेश बस्नेतले टिप्पणी गरेका छन् । मङ्गलवार राजधानीमा बस्नेतले प्रचण्डले आफूलाई दुई जिब्रो भएको प्रचण्ड र दुई मुख भएको माओवादी केन्द्र बनाउँदै गएको टिप्पणी गरे ।

बस्नेतलेले भने,‘एमसीसीलाई प्रधानमन्त्री देउवा र प्रचण्डले जुन पत्र लेख्नुभयो । प्रधानमन्त्रीको हैसियतले लेखेको पत्र, प्रधानमन्त्री भनेको पावर अफ द स्टेट भनिन्छ । यो विषय स्वाभाविक पनि होला । प्रचण्डले हस्ताक्षर गरेको कुरा पावर अफ स्टेटको दुरुपयोग हो । यो राज्यको शक्तिको दुरुपयोग हो । यो कहाँबाट अधिकार प्राप्त भयो ? अर्को कुरा, एमसीसीमा प्रचण्डको दोहोरो चरित्र देखियो । एमसीसी पास गर्न एकातिर पत्राचार गर्ने अनि अर्कोतिर संशोधनबिना पास हुँदैन भनेर भ्रम सिर्जना गर्ने काम उहाँले गर्नुभयो ।’ 

उनले भने,‘उहाँले एमसीसीको विपक्षमा लिलामणि पोखरेल र देव गुरुङलाई बोल्न लगाउने काम गर्नुभयो, अनि एमसीसीलाई आफूले चाहि पत्राचार गर्नुभयो, उहाँको गिर्दो छवि अझै गिरिरहेको छ । यो एमसीसीको पत्राचारको कारण नेपालको छवि अन्तर्राष्ट्रिय रुपमा गिरेको छ । अन्तर्राष्ट्रिय कूटनीतिमा गम्भीर असर पर्ने काम भयो।

एमसीसीबारे एमालेले पर्याप्त अध्ययन गरेको पनि उनको दाबी छ । तर, सत्तापक्षले आफ्नो धारणा अघि सार्ने बित्तिकै एमालेले आफ्नो धारणा राख्ने उनले स्पष्ट पारे । उनले भने,‘एमालेले एमसीसीबारे पर्याप्त अध्ययन गरेको छ, नेकपाकालिन अवस्थामा कार्यदल निर्माणदेखि औपचारिक रूपमा पनि अध्ययन गरिरहेको छ । सत्ता पक्षले एउटै धारणा नबनाइरहेको अवस्था छ, उसले एउटा विकास परियोजनालाई आकाश नै खस्न लागेकोजस्तो दोहोरो र तेहोरो भूमिका खेलेको छ । अहिलेको राजनीतिक गतिरोध अन्त्य गर्ने सन्दर्भमा एमाले सकारात्मक छ, हामी सकारात्मक भूमिका खेल्न तयार छौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ