arrow

खुमबहादुर खड्काको सम्झनामा भलिबल प्रतियोगिता हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २५ मंगलबार
khum-bahadur.jpg

दाङ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको सम्झनामा घोराहीमा पालिकास्तरीय ‘खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता–२०७८’ हुने भएको छ । नेपाली कांग्रेस दाङले गठन गरेको स्वर्गीय खुमबहादुर खड्का स्मृति खेलकुद समितिको आयोजनामा आगामी फागुनको १६ गतेदेखि २२ गतेसम्म घोराहीमा पालिकास्तरीय खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता हुन थालेको हो ।

आयोजक स्वर्गीय खुमबहादुर खड्का स्मृति खेलकुद समितिले मङ्गलवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका बारेमा जानकारी दिएको हो । प्रतियोगिताको विजेता टिमले नगद एक लाख ७५ हजार रुपैयाँ पुरस्कारसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक स्वर्गीय खुमबहादुर खड्का स्मृति खेलकुद समितिका संयोजक राजु आचार्यले जानकारी दिएका छन् । संयोजक आचार्यका अनुसार प्रतियोगितामा उपविजेता हुने टिमले नगद ८७ हजार पाँच सय रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछ ।

आयोजकका अनुसार प्रतियोगितामा जिल्लाका दश वटा स्थानीय तहबाट एक–एक भलिबल टिमले सहभागिता जनाउन पाउनेछन् । साथै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई नगद पाँच हजार एक सय रुपैयाँ पुरस्कार समेत व्यवस्था गरिएको छ ।

उनले खेल क्षेत्रको विकाससँगै प्रतियोगितालाई थप आकर्षक बनाउनका लागि पालिकाहरूले दश सदस्यीय भलिबल टिममा दुई जना राष्ट्रिय स्तरका खेलाडीहरूलाई बाहिरबाट ल्याएर सहभागी गराउन पाउने व्यवस्था गरिएको बताए ।प्रतियोगितालाई भव्य बनाउनका लागि स्वर्गीय खुमबहादुर खड्का स्मृति खेलकुद समितिको मङ्गलवार घोराहीमा बसेको बैठकले प्रचारप्रसार, खेल फिल्ड व्यवस्थापन,खेलकुद सामग्री तथा प्राविधिक सहयोग विभिन्न उपसमितिहरू समेत गठन गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ