arrow

नेपालगन्जबाट सशस्त्रले बरामद गर्‍यो पौने ९ लाखको चाँदी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २५ मंगलबार
chadi.PNG

नेपालगन्ज । बाँकेमा सशस्त्र प्रहरीले अवैध चाँदी बरामद गरेको छ । नेपालगन्ज-१६ चौलिका चोकबाट लुकाइछिपाई ल्याउँदै गरेको पौने ९ लाख मूल्य बराबरको ८ किलो बढी चाँदी बरामद गरिएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको एक भारतीय मोटरसाइकललाई शङ्का लागेर चेकजाँच गर्दा ५ किलो ७८५ ग्राम (ढिक्का ४ पिस) र २ किलो ५११ ग्राम (बनेको गरगहना पाउजु, औँठी) जम्मा ८ किलो २९६ ग्राम चाँदी सहित मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्बाटर बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तीर्थ भाट र गोविन्द विहारी शुक्लाको कमाण्डमा खटिएको टोलीले आज बिहान ११ बजे  बरामद गरेको मोटरसाइकल र चाँदी आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको छ ।

उक्त चाँदीको मूल्य ८ लाख ६७ हजार ७ सय १५ र मोटरसाइकलको मूल्य ८० हजार गरी जम्मा भन्सार दाखिला मूल्य ९ लाख ४७ हजार ७ सय १५ कायम भएको सशस्त्र प्रहरीले जनाएको छ । 

भर्खरै मात्र सशस्त्र प्रहरी बल नम्बर ३० गणको कमान्ड सम्हाले यता एसपी जनक राज बस्नेतले  सीमा नाकामा निकै कडाइ गर्दै आएका छन् । एसपी बस्नेतले आफ्ना मातहतका सबै युनिटलाई तस्करीविरुद्ध कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएयता सशस्त्र प्रहरीले धमाधम अवैध सामाग्री बरामद गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ