arrow

गठबन्धनलाई मजबुद बनाउँदै चुनावमय बनाउने पाँच दलको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २५ मंगलबार
Kishor datta baral.jpg

पोखरा । सत्ता साझेदार पाँच दलको बैठक पोखरामा सम्पन्न भएको छ । बैठकले स्थानीय तहका गतिविधिको अनुगमन गर्दै सुशासन स्थापनका लागि पहल गर्ने निर्णय गरेको छ । 

कांग्रेसका पार्टी सचिव भानु ढकालका अनुसार बैठकले कास्कीमा गठबन्धनलाई मजबुद बनाउँदै चुनावमय बनाउने निर्णयसमेत गरेको छ ।

साथै सरकारले स्थानीय तहको निर्वाचन घोषणा बैठकले निर्वाचनको स्वागत गरेको छ ।

कास्की कांग्रेस सभापति किशोरदत्त बरालको सभापतित्वमा बसेको बैठकमा नेकपा माओवादी केन्द्र कास्की अध्यक्ष बखानसिंह गुरुङ, नेकपा एस कास्की अध्यक्ष धनराज आचार्य, जनता समाजवादी पार्टी कास्की अध्यक्ष गिरीप्रसाद गुरुङ र राष्ट्रिय जनमोर्चा कास्की अध्यक्ष रविमोहन ढकाल सहभागी भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ