arrow

बाँकेको सीमामा सशस्त्रको कडा निगरानी, तस्करलाई तनाव 

logo
सौरभ गिरी, 
प्रकाशित २०७८ माघ २६ बुधबार
apf-banke.jpg

नेपालगञ्ज । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले सीमा नाकामा आफ्नो उपस्थितिलाई कडा बनाएको छ । सशस्त्र प्रहरी बलले बाँकेको ८४ किलोमिटर लामो सीमा नाकामा  नियमित रुपमा गस्ती गर्दै कडा निगरानी बढाएको हो ।

सशस्त्र प्रहरी बल नम्बर ३० गणमा आएको तीन हप्तामै सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतले बाँके जिल्लाका सबै स्थानका सीमा नाकामा गएर अवलोकन गर्दै जिल्लामा रहेका ८ वटै  बीओपीका कमान्डरहरुलाई सीमा नाकामा हुने हरेक गतिविधिमा नजर राख्न निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले सीमा नाकाको सुरक्षा तथा राजस्व संकलन, चोरी निकासी पैठारी नियन्त्रण, मानव तस्करीविरुद्ध लाग्न हरेक तह र तप्काका आफ्ना कर्मचारीलाई निर्देशन जारी गरेका हुन् ।

सशस्त्र प्रहरी उपरीक्षकको कडा निर्देशन पश्चात बाँकेमा रहेका कटकुइया, नरैनापुर, गंगापुर, खडैँचा, कालाबन्जार, जमुनाह, जयसपुर बढैया गरी आठ वटै बीओपीहरु सीमा नाका कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । 

सशस्त्र प्रहरी उपरीक्षक बस्नेत आउनुअघि सीमा नाकामा सशस्त्र प्रहरीले कडाइ नगरेको भने होइन । तर बस्नेत आफैंमा कडा खालका सशस्त्र प्रहरी अधिकृत भएका कारण आफ्नो स्वभाव अनुरुप कार्य गर्न रुचाउने भएका कारण सशस्त्र प्रहरीले नाकामा झनै कडाई गर्दै नाकाबाट हुने तस्करी नियन्त्रण तथा राजस्व संकलन, अपराध निर्मुल पार्ने कार्यलाई उनले पहिलो प्राथमिकतामा राखेका हुन् ।

चोरी तस्करी नियन्त्रणमा मात्र नभएर बढ्दो कोरोना भाइरस संक्रमणलाई समेत मध्यनजर गर्दै सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले कोही पनि व्यक्ति चोर नाकाबाट नभएर मुख्य सीमा नाकाबाट आवतजावत गराउन आफ्ना मातहतका बीओपी कमान्डरलाई निर्देशनसमेत दिएका छन् ।

सशस्त्र प्रहरी बाँकेको कमान्ड सम्हालेको तीन हप्तामै बस्नेतले करिब ५० लाख बराबरको राजस्व संकलन गर्नसमेत सफल भइसकेका छन् । बस्नेत आएयता लाखौं रुपैयाँका लत्ताकपडा , लाखौं रुपैयाँका विभिन्न इलेक्ट्रिकल सामग्री ,पशुजन्य बस्तु, हार्डवेयरका सामग्री , गरगहना, तस्करीमा प्रयोग गरिएका सवारीसाधन, विभिन्न खाले काठ लगायतका सामग्रीहरु धमाधम बरामद गरिएका छन् ।

 संगठनप्रति कर्तव्यनिष्ठ भएर लागि पर्ने सशस्त्र प्रहरी उपरीक्षक तस्करीप्रति कुनै सम्झौता नहुने बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ