arrow

बाल विकास केन्द्रको भवन शिलान्यास

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २६ बुधबार
273508342_1141325289938393_7337225530473772632_n.jpg

सर्लाही । बालबालिकाहरुको समृद्धि र समुन्नतिको लागि काम गर्ने उद्देश्य राखी सेभ द चिल्ड्रेनको साझेदारीमा ग्रामीण नारी उत्थान संघ र हरिपुर नगरपालिकाको समन्वयमा सञ्चालित समुन्नति कार्यक्रममा प्रारम्भिक बाल विकास स्याहार कार्यक्रमअन्तर्गत हरिपुर नगरपालिका वडा नं २ श्री जनता आधारभुत विद्यालय, सखुवामा बाल विकास केन्द्रको भवन शिलान्यास गरिएको छ । 

बुधबार एक कार्यक्रमकाबीच हरिपुर नगरपालिकाका मेयर जमरुदिन मंसुरको अध्यक्षतामा भवन शिलान्यास कायक्रम सम्पन्न गरिएको हो । उद्घाटन कार्यक्रममा हरिपुर नगरपालिका शिक्षा शाखा अधिकृत नागेश्वर राय, वडा नं २ का वडाध्यक्ष रिखेश्वर कडारिया, सेभ द चिल्ड्रेन सर्लाहीका शिक्षा संयोजक रामबहादुर साह, ग्रामीण नारी उत्थान संघकी अध्यक्ष गोमादेवी न्यौपाने, उपाध्यक्ष विष्णु चालिसे, सचिव सूर्य चालिसे सहभागी थिए । 

बाल विकास केन्द्रको भवनको निर्माण बाल विकास केन्द्र तहका बालबालिकाहरुको सुरक्षित एवं संरक्षित वातावरणमा गुणस्तरीय सिकाइ प्रवर्धनका लागि सहयोग पुर्याउने उद्देश्यले बाल विकास केन्द्रको भवन निर्माण गर्न लागिएको हो । 

समुन्नति कार्यक्रम अन्तर्गत ग्रामीण नारी उत्थान संघले बाल विकास केन्द्रको निर्माणको कूल लागत १७ लाख १३ हजार चार सय ६९ रुपैयाँ श्री जनता आधारभुत विद्यालयलाई सहयोग गर्ने भएको छ । 

पुरानो र जीर्ण भवन रहेको विद्यालयमा नयाँ भवन बनेपछि पठन पाठन सहज हुनुका साथै विद्यार्थीको उपस्थितिसमेत बढ्ने श्री जनता आधारभुत विद्यालयका प्रधानाध्यापक रचना उपाध्यायले विश्वास लिएका छन् । 



नयाँ