११.५ प्रतिशतमा झर्याे काेराेना संक्रमण दर, उपत्यकामा ३१९ संक्रमित थपिए
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २७ बिहिबार
569
Shares
काठमाडौं । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणका आधारमा कोरोना भाइरसको संक्रमण दर ११.५ प्रतिशत देखिएको । पीसीआर परीक्षणमा मात्रै ११.९ र एन्टीजेनमा मात्रै ११.४ प्रतिशत देखिएको छ ।
यस अवधिमा १ हजार ३ सय ६९ नयाँ संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा मात्रै ३१९ नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंका २३५, भक्तपुरका ३० र ललितपुरका ५४ जना संक्रमित रहेका छन् ।
यस अवधिमा थप १२ जना कोभिड१९ संक्रमितको मृत्यु भएको छ । यसअवधिमा २ हजार २ सय ३८ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यसअवधिमा ११ हजार ८ सय ८० जना जनाको नमुना परीक्षण गरिएको छ ।