arrow
ADVERTISEMENT

युवा सङ्घले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २७ बिहिबार
mcc-yuba-sang.PNG

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा सङ्घ नेपालले देशभर एमसीसी विरुद्ध प्रदर्शन गर्ने भएको छ । देशको हित विपरीत एमसीसी सम्झौता गर्ने केपी ओली नेतृत्वको पूर्व सरकारको कडा आलोचना गर्दै युवा सङ्घ प्रचार विभाग प्रमुख सन्जीप राईले देशभर प्रदर्शन गर्ने बताए । 

नेकपा एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेललेले एमसीसी दान नभई ऋण रहेको बताए, प्रायः विदेश सहयोग नेपाली जनताको हित विपरीत रहेको बताउँदै उनले एमसीसी नेपालको कानुन र संविधान भन्दा माथि हुने गरी सम्झौता हुन लाग्दा आफूहरू चुप लागेर बस्न नसक्ने बताए । 

पार्टी पोलिटब्युरो सदस्य तथा युवा फाँट इन्चार्ज दिलु पन्तले एकीकृत समाजवादीले देश हित विपरीतका कुनै सहायता स्वीकार्य नहुने बताइन ।

एमसीसी राष्ट्रघाती रहेको ठहर गर्दै नेकपा एकीकृत समाजवादीले सम्झौता खारेज गर्न माग गरिसकेको छ । त्यसैलाई निरन्तरता दिँदै युवा सङ्घ नेपालले देशैभर फागुन १ गते काठमाडौंको माइतीघर र सम्पूर्ण जिल्लाका सदरमुकाममा प्रदर्शन गर्ने । सरकारले फागुन २ गते एमसीसी संसद्मा पेस गर्ने तयारी गरे लगत्तै नेकपा एकीकृत समाजवादीले आन्दोलनको घोषण गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ