arrow

कांग्रेस तनहुँ-२ को प्रवक्तामा ईश्वर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २८ शुक्रबार
Ishor Kumar Shrestha.jpg

तनहुँ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नं. २ को प्रवक्तामा नेता ईश्वर कुमार श्रेष्ठ मनोनित भएका छन् । पार्टीको बिहीबार सम्पन्न बैठकले श्रेष्ठलाई प्रवक्तामा मनोनित गरेको हो । 

बैठकले सदस्य, पदाधिकारी र सल्लाहकारसमेत मनोनित गरेको छ । क्षेत्रीय सभापति चूडामणि खनालको सभापतित्वमा भएको बैठकले कोषाध्यक्षमा मनबहादुर पुन हमाल र संगठन विभागमा पूर्णबहादुर श्रेष्ठलाई मनोनित गरेको सचिव सन्तोष घिमिरेले जानकारी दिए ।

उनका अनुसार बैठकले पाँच जना सदस्यहरु, ६ जना आमन्त्रित सदस्य र १५ जना सल्लाहकार चयन गरेको छ । 

पार्टीको सदस्यहरुमा व्यास नगरपालिकाबाट सुन्दर वाग्ले, घिरिङबाट लक्ष्मी बस्ताकोटी, शुक्लागण्डकीबाट कमला सिग्देल र सपना पराजुली र भिमादबाट मैनादेवी सुनार छन् । 

आमन्त्रित सदस्यमा शुक्लागण्डकीबाट खीमलाल गिरी, दिपक घिमिरे र चन्द्र गुरुङ, भिमादबाट दीपक राना र नारायण सिग्देल र ऋसिङबाट श्रीमाया थापालाई मनोनय गरिएको घिमिरले बताए । 

पार्टीको सल्लाहकारहरुमा श्यामकृष्ण मल्ल, झपट बहादुर केसी, केशव पौडेल, ठाकुर वाग्ले, रिषिराम घिमिरे, बुद्धिसागर लम्साल, बलराम भट्टराइ, हरि बहादुर रानाभाट, लेखनाथ तिवारी लगायत रहेका छन् ।

बैठकले संगठन विस्तार र टोल विकास समिति गठनका लागि शुक्लागण्डकीमा सन्तोष घिमिरे, भिमादमा चित्र बहादुर राना, म्याग्देमा मनबहादुर हमाल, रिसिङमा जीवन चन्द ठकुरी, घिरिङमा यामबहादुर थापा सारु र व्यास-५ र ६ मा पूर्णबहादुर श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ