arrow

१६ लेखा र राजस्व समूहका अधिकृतको उपसचिवमा बढुवा सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २८ शुक्रबार
sanghiya-mamila-tatha-samanya-prasasan-mantralaya.jpg
तस्बिर– फाइल

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा र राजस्व समूहका १६ शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको बिहीबारको बैठकले कार्यक्षमताका आधारमा लेखाका १२ र राजस्वका ४ गरी १६ जनालाई बढुवा सिफारिस गरेको हो । 

समितिले लेखा समूहका भाष्कर शर्मा नेपाल, यादवप्रसाद न्यौपाने, तुकमान पुनमगर, अशोककुमार गिरी, छविन्द्र बेल्वासे, विष्णुप्रसाद ज्ञवाली, चन्द्रबहादुर सुवेदी, दीपबहादुर थापा, यज्ञराज उप्रेती, होमप्रसाद खतिवडा, चेतराज जोशी र ताराप्रसाद पोखरेललाई बढुवा सिफारिस गरेको हो ।

राजस्व समूहका शोभाकर खनाल, लक्ष्मीकुमार रिमाल, युवराज बस्नेत र सुजितकुमार सिंह पनि बढुवामा परेका छन् ।



नयाँ