arrow

रुस आक्रमणको तयारीमा, आफ्ना नागरिकलाई तत्कालै युक्रेन छोड्न अमेरिकी आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २८ शुक्रबार
joe-biden-new.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा बाँकी रहेका अमेरिकी नागरिकलाई तत्कालै त्यहाँबाट निस्किन आदेश दिएका छन् । यस्तै मस्कोले युक्रेनमा आक्रमण गरेमा अमेरिकीहरूको उद्धार गर्न सेना पठाउन नसक्ने बाइडेनले बताएका छन् ।

उनले यो क्षेत्रमा स्थिति एक्कासी उथलपुथल हुनसक्ने चेतावनी दिएका छन् । रुसले भने युक्रेनी सीमामा एक लाख सेना र हातहतियार तैनाथ गरेर युक्रेनमाथि आक्रमण गर्ने तयारी रहेको कुरा अस्वीकार गर्दै आएको छ ।

यद्यपि रुसले युक्रेनलाई नेटोको सदस्य बनाइयोस् भन्ने चाहेको कुरा स्पष्ट पारिसकेको छ । एनबीसी न्युजसँग बोल्दै बाइडेनले भनेका छन्, ‘अमेरिकी नागरिकहरूले अहिलै छोड्नुपर्छ ।’

अमेरिकाले यसअघिसमेत अत्यावश्यक बाहेकका नागरिक र कर्मचारीका परिवारकाहरुलाई युक्रेन छोड्न आग्रह गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ