arrow

न्याय प्रशासनलाई सर्वसुलभ र प्रभावकारी बनाउन मन्त्री बडूको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १ आइतबार
dilendra-prasad-badu.jpeg

काठमाडौं ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले न्याय प्रशासनलाई छिटोछरितो, प्रभावकारी र जनउत्तरदायी बनाउन निर्देशन दिएका छन् । न्याय सेवाअन्तर्गत नवप्रवेशी शाखा अधिकृतका लागि आइतबारदेखि सुरु भएको सेवा प्रवेश तालिमको उद्घाटन गर्दै उनले सार्वजनिक सेवामा संलग्न कर्मचारीहरूले सधैँ उत्कृष्ट कार्य गरी सेवाग्राही र सरोकारवालालाई सन्तुष्टि प्रदान गर्नुपर्ने बताए । मन्त्री बडूले लोकतन्त्रमा सेवाग्राही जनता सबैभन्दा ठूला हुन् भन्ने मनन गरेर छिटो र गुणस्तरीय सेवा सम्पादन गर्न निर्देशन दिए ।  

“सेवाग्राहीले तपाईंहरूको अनुहारमा सरकार देख्छन् र त्यहीअनुसार सरकारप्रति धारणा बनाउँछ”, उनले भने, “न्याय सम्पादन प्रक्रियालाई छिटोछरितो, न्यायमा सहज पहुँच, अनुसन्धान पद्धतिलाई वस्तुनिष्ठ एवं पूर्ण गराउन र न्यायका लागि आएका सेवाग्राहीलाई सन्तुष्ट गराउन लाग्नुहोस् ।” 

मन्त्री बडूले न्याय सेवाअन्तर्गत न्याय, कानुन र सरकारी वकिल समूहमा प्रवेश गरेका शाखा अधिकृतहरूलाई बधाई तथा शुभकामना दिनुहुँदै उच्च मनोबलका साथ सेवा प्रवेश गर्न आग्रह गरे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ