arrow

उपत्यकामा मात्रै १५० संक्रमित, देशभर १० जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १ आइतबार
ktm-rain-new-aa.jpg.jpeg

काठमाडौं । केही समय अघि उच्च संक्रमित रहेको काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमण कम भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा आज १५० जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ९७, ललितपुर ४४ र भक्तपुरमा नौ जनामा संक्रमित देखिएका छन् । 

पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ले जनाएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८ सय ९२ पुगेको छ । 

देशभर थप ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ११५ को नमुना परीक्षण गरिएको थियो । छ हजार ३७ ले पीसीआर र चार हजार ७८ ले एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 

 तीन हजार ९३५ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । कूलमा संक्रमण दर १८ दशमलव दुई प्रतिशत छ । कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा ५६ हजार १२ रहेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या २२ हजार ५८४ रहेको छ । 

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा ३३ र आइसियुमा १८१ रहेको छ । होम आइसोलेशनमा २१ हजार ६९२, संस्थागत आइसोलेशनमा ८९२ र क्वारेनटिनमा ११८ रहेका छन् । 

हाल देशभर कूल तीन करोड ५३ लाख १५ हजार ७ सय १५ खोप लगाइएको मन्त्रालयले जनाएको छ । हालसम्म पहिलो मात्रा लगाउनेको सङ्ख्या एक करोड ४२ लाख ३८ हजार ९ सय ९२ र दोस्रो मात्रा लगाउनेको सङ्ख्या एक करोड ६३ लाख ९७ हजार ९ सय ७७ पुगेको छ । बुस्टर खोप लगाउनेको सङ्ख्या सात लाख १८ हजार ७ सय ४६ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ