arrow

आगोले जलेर एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २ सोमबार
death.jpg

सर्लाही । सर्लाहीको शंकरपुरमा आगोले जलेर एक वृद्धको ज्यान गएको छ । बागमती नगरपालिका-८, शंकपुरका ६६ वर्षीय रामआशिष साहको आगोमा जलेर सोमबार बिहान मृत्यु भएको हो । 

आफ्नै घरको आँगनमा आगोले जलिरहेका अवस्थामा साह फेला परेका थिए । शरीरमा आगोमा दन्किरहेको देखेपछि छिमेकीले तत्कालै पानी हालेर आगो निभाएको बताएका छन् । 

आगो निभाए पनि साहको भने घटना स्थलमै मृत्यु भएको हो । आँगनमा अचानक आगो दन्किरहेको देखेपछि आफूहरूले हतारहतार पानी हालेर निभाएको छिमेकी राम प्रवेश पण्डितले बताए ।

साह परिवार घरका केही सदस्यसहित आइतबार राति घरमै सुतेका थिए । मृतक साहको केही समय पहिलेदेखि शरीरको एउटा साइड प्यारालाइसिस रहेको परिवारको भनाइ छ । 

घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ