arrow

कांग्रेस संसदीय दलको बैठक मङ्गलवार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २ सोमबार
congress-samsadiya.JPG
फाइल तस्बिर

काठमाडौं ।  नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने भएको छ । संसदीय दलको बैठक भोलि ३ गते मङ्गलवार सङ्घीय संसद भवन नयाँ वानेश्वरमा बस्ने छ ।  

९ बजेबाट ल्होत्से हलमा हुने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध महाभियोगको पछिको परिस्थितिका बारेमा छलफल हुनेछ । 

प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग प्रस्ताव पारित गर्न संसद्को दुई तिहाइ मत आवश्यक पर्छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले महाभियोगको प्रस्तावको प्रतिवाद गर्ने मनसाय बनाएको छ। 

हाल प्रतिनिधिसभामा कूल २७१ जना सांसद छन् । त्यसमा एमालेको ९७, कांग्रेसको ६१, माओवादीको ४९ (सभामुखबाहेक) एकीकृत समाजवादीको २४ (सोम पाण्डे सहित), जनता समाजवादीको १९, लोसपाको १३, जनमोर्चा, नेमकिपा र राप्रपाका एक-एक जना सांसद छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ