arrow

साप्ताहिक राशिफल पढ्न छुटाउनु भयो कि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३ मंगलबार
astrology+horoscope+wheel.jpg.jpeg

साप्ताहिक फल : राशिफल फागुन १ गते आइतबारदेखि फागुन ७ गते शनिबारसम्मको हो । एक हप्तामा समग्रमा कुन राशिफललाई कस्तो छ भनी राखिएको छ ।

साप्ताहिक राशिफल :
मेष : तपाईको यो हप्ता स्वास्थ्य राम्रो रहनेछ । आम्दानी बढ्ने, व्यापार–व्यवसायमा लाभ, प्रेमप्रसंग सुमधुर तथा पति–पत्नी एवं पारिवारिक रमाइलो यात्रा हुनेछ । घरमा पारिवारिक सहयोग मिल्नेछ भने मंगलबार र बुधबार केही खराब रहने भएकाले महत्वपूर्ण कार्य तथा यात्रामा सतर्क हुनुहोला । आइतबार र सोमबार शुभ समय रहेकाले धार्मिक कार्यमा लगानी गर्दा अत्यन्तै राम्रो हुनेछ ।

वृष : तपाईका लागि यो हप्ता सोच्दै नसोचेको धन प्राप्ति हुन सक्नेछ । जमीन सम्बन्धी अथवा यातायात सम्बन्धी काम गर्नु छ भने यो हप्ता लाभ हुनेछ । जताबाट पनि तपाईलाई खुशी लाग्दा समाचार यो हप्ता प्राप्त हुनेछन् । टाढाको यात्रामा पनि कुनै बिघ्नबाधा रहेका छैनन् । राजनीतिककर्मीलाई सफलता मिल्नेछ । यो हप्तामा सबै काम सुखैका साथ सम्पन्न हुनेछन् ।

मिथुन : तपाईलाई यो हप्ता पनि मानसिक तनावको बीचमा काम गर्नुपर्नेछ । कसैबाट अपमानित हुनुपर्नेछ, जुनसुकै काम गर्दा सतर्क रहनुहोला । खासगरी बोली वचनमा संयम हुन नसक्दा आफ्नै मित्र टाढिने, आम्दानीका बाटामा अवरोध, व्यर्थ खर्च गर्नु पर्नेछ । शनिबार पूर्व दिशाको यात्रा पनि ठीक हुनेछैन । समग्रमा यो हप्ता शुभ नभएकाले हानी नोक्सानीबाट बच्नु नै राम्रो हुनेछ ।

कर्कट : यो हप्ता तपाईको अनावश्यक कार्यमा खर्च गर्न मन लाग्ने, निरासका भावना मनमा उठ्ने छन् । प्रेमिका समेत तपाईसंग खुशी हुन सक्ने छैनन् । आम्दानी पनि भने जस्तो नहुँदा पारिवारिक तनाव बढ्न सक्नेछ । गरेको कामबाट जस नपाइने, मानसिक चिन्ता बढ्ने काम अरुबाट हुनेछ, आफन्तले नै कुरा काट्नेछन् भने हप्ताको मंगल र बुधबार समयमा सुधार भएर आउनेछ ।

सिंह : यो हप्ता तपाईको स्वास्थ्य ठीकठाक रहनेछ । गर्न खोजेका सबै काम सफल, प्रेमी-प्रेमिकाबीच सम्बन्ध थप प्रगाढ हुन सक्नेछ । पारिवारिक सदस्य तथा कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । समयको सही उपयोग अवश्य गर्नुहोला यसअघि रोकिएका सबै काम पूरा हुनेछन् । यो हप्ताको सोम, मंगल र शनिबार त्यति शुभ नहुने देखिएको छ, महत्वपूर्ण कार्य, यात्रा नगर्नुहोला ।

कन्या : तपाईलाई यो हप्ता पेटसम्बन्धी रोगले दुःख दिने ठूलो सम्भावना छ । पिसाब सम्बन्धी रोग एक्कासी देखापर्न सक्छ । यो हप्ता गरेको लगानीबाट नोक्सानी हुनसक्छ, त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला । शनिबार पूर्व दिशाको यात्रामा पनि शुभ समय रहेको छैन । आगामी बिहीबार दक्षिण र शुक्रबार पश्चिम दिशाको यात्रामा नजानुहोला ।

तुला : तपाईको यो हप्तामा स्वास्थ्य राम्रो रहनेछ । धन प्राप्तिका अवसरहरू मिल्ने, मानसिक शान्ति र आराम मिल्ने, पारिवारिक सहयोग पाइने, सबै काम सुखैका साथ सम्पन्न गरिनेछ । पति–पत्नीबीचको सम्बन्ध सुमधुर, लाभका स्रोतहरू प्रशस्त फेला पर्ने, स्वास्थ्य राम्रो, कीर्ति बढ्ने कार्यमा लगानी गरिने, घरमा नयाँ कार्यक्रम हुने तर बुधबार उत्तर दिशाको यात्रा खतरा हुन सक्नेछ ।

वृश्चिक : यो हप्ता तपाईको अनावश्यक कार्यमा खर्च गर्न मन लाग्ने, निरासका भावना मनमा उठ्नेछन् । प्रेमिका समेत तपार्ईसँग खुशी हुनसक्ने छैनन् । आम्दानी पनि भने जस्तो नहुँदा पारिवारिक तनाव बढ्न सक्नेछ । गरेको कामबाट जस नपाइने, मानसिक चिन्ता बढ्ने काम अरुबाट हुनेछ, आफन्तले नै कुरा काट्ने छन् भने हप्ताको मंगल र बुधबारको समय सुधार भएर आउने छन् ।

धनु : तपाईलाई यो हप्ता आत्मवल, आत्मविश्वास एवं पराक्रम बढ्नुका साथै अधुरा कार्य बन्ने, नयाँ कार्य गर्ने अवसर मिल्नेछन् । उच्च मनोबल भएका व्यक्तिसँग सम्पर्क बढ्ने । प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जीत हुनेछ । तर सातामध्ये शुक्रबारबाट सोमबारसम्म भने चोटपटक लाग्ने, घमण्ड बढ्ने सम्भावना, संयमित रहनु आवश्यक छ । टाढाको यात्रासमेत शुभ छैन ।

मकर : तपाईलाई यो हप्ता आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । मानसिक असन्तुष्टिको अनुभव हुनेछ । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्ने छन् । अनावश्यक काममा खर्च हुनबाट सतर्क रहनुहोला । यो हप्ताको बुधबार शुभ हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

कुम्भ : यो हप्ता तपाई दैनिक कार्यबाट बञ्चित हुनुपर्ने छ । साताको शुरु र अन्त्य लोकापवाद, विश्वासिला आफन्तबाट धोका हुनेछ । मनमा डर त्रास उब्जनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । तर मध्य सातामा उच्चस्तरीय व्यक्तिसँग सम्पर्क बढ्ने, व्यापार व्यवसायमा प्रगति हुने, जागिरे एवं पेशा व्यवसायीहरूले धन–मान दुवै पाउने योग परेको छ ।

मीन : तपाईका लागि यो हप्ता मानसिक व्यर्थ चिन्ता बढ्नेछ । तिरस्कार, हिनतावोध, आफ्ना आश्रित कर्मचारी, छोरा–छोरीबाट धोका खानु पर्नेछ । नाता पर्ने व्यक्तिबाट असहयोगको सामना गर्नुपर्नेछ । आम्दानीभन्दा खर्च नै ज्यादा हुने भएकाले सकेसम्म जोगिनु उचित हुनेछ । अनावश्यक रुपमा शत्रु बढ्ने हुनाले कसैसंग वादविवादमा लाग्नु पनि ठीक हुनेछैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ