arrow

एमसीसी राष्ट्रहितमा छ, अनुमोदन गर्नुपर्छ : डा. महत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३ मंगलबार
Dr-Ram-Sharan-Mahat.jpg.jpeg

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा रामशरण महतले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रहितमा रहेको बताएका छन् । 

मङ्गलवार कांग्रेस संसदीय दलको बैठकपछि महत भने, “एमसीसीका विरुद्ध भ्रम फैलाइएको छ, यो कुनै सैन्य रणनीतिअन्तर्गत छैन, ती सबै अफवाह मात्र हुन्,।” उनले एमसीसी परियोजनालाई राष्ट्रहित विपरीत भनेर दुष्प्रचार गरिएको भन्दै यसका विरुद्धको भ्रम चिर्न आवश्यक रहेको पनि बताए । उनले यो परियोजना राष्ट्रहितमा रहेकाले अनुमोदन गर्नुपर्ने पनि बताए । 

साथै उनले बैठकमा एमसीसीविरुद्धका भ्रम चिर्न आफ्ना पार्टीका सांसदहरूलाई आग्रह गरेको पनि जानकारी गराए । 

नेता डा महतले एमसीसी इन्डो प्यासेफिकअन्तर्गत नभई विशुद्ध विकास परियोजना भएको पनि बताए । उनले एमसीसीलाई अनुमोदन गर्न ढिलाइ गर्न नहुने बताउँदै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयअघि एमसीसी कार्यालयलाई पत्र लेखेर संसद्बाट अनुमोदन गर्न समय माग गरेकाले सोही अनुसार यही फागुन १६ गतेभित्र अनुमोदन गरिसक्नु पर्नेमा जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ