arrow

माओवादी केन्द्रीय समिति बैठक फागुन ८ मा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३ मंगलबार
maoist-cpn.jpg

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र)ले यही फागुन ८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । 

समसामयिक राजनीतिक विषय, पार्टी पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय सदस्यको मनोनयनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । 

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक फागुन ८ र ९ गतेका लागि तय गरिएको छ । 

गत पुसमा आठौं महाधिवेशन गरेको माओवादीले अध्यक्ष र केन्द्रीय समितिको सङ्ख्या निर्धारण गरे पनि पदाधिकारी चयन गरेको छैन । 

बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचनलगायतका विषयमासमेत छलफल गर्ने कार्यसूची निर्धारण गरिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ