arrow

दुई वर्षदेखि बन्द रहेको अन्नपूर्ण चिनी उद्योग सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३ मंगलबार
sugarmeal.JPG

सर्लाही । दुई वर्ष लगातार बन्द रहेको सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग यस वर्षबाट भने ढिलो गरी भए पनि सञ्चालनमा आएको छ । 

उद्योग सञ्चालन हुने-नहुने भन्ने अन्यौलताका बीच हिजो (सोमवार) बिहान चिनी उद्योग सञ्चालन हुनु पूर्व गरिने डोङ्गा पूजा गरेर उद्योग सञ्चालनमा ल्याइएको हो । 

अब भरै भोलीनै किसानले ल्याएको उखु क्रसिङ गर्न सुरु गरिने उद्योगका सञ्चालक शैलेन्द्रकुमार गुप्ताले बताए । 

किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन नसक्दा यो उद्योग अघिल्ला दुई वर्ष सञ्चालनमै आउन सकेको थिएन । यस वर्ष नयाँ उद्योगीले उद्योग खरिद गरेर सञ्चालनमा ल्याएका हुन् । 

उद्योगले अधिकांश किसानको भुक्तानी गरिसकेको र कसैको भुक्तानी लिन बाँकी रहेको भए उद्योगमा आउन समेत आग्रह गरेको छ ।

जिल्लामा रहेको इन्दुशङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदहले अहिले धमाधम उखु क्रसिङ गरिरहेका छन् । यी दुवै चिनी मिल गएको पुस मध्यबाट सञ्चालनमा आएका थिए । 

दुवै उद्योगले किसानलाई उखुको भुक्तानी समेत दिन थालिसकेका छन् । सरकारले यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ निर्धारण गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ