arrow

युक्रेनको सीमाबाट रुसले केही सेना फिर्ता गर्‍यो, विपद् नटरेको बाइडेनको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ४ बुधबार
russia-ukraine1.jpg
तस्बिर– फाइल

काठमाडौं । रुसले सैन्य अभ्यास सम्पन्न गरेपछि युक्रेनको सीमामा रहेका आफ्ना केही सेनालाई सैन्य अखडामा फिर्ता गर्ने घोषणा गरेको छ । रुसको पछिल्लो कदमलाई पश्चिमी राष्ट्रहरूसँगको संकटको समयमा सम्भावित द्धन्द्ध घट्ने संकेतको रुपमा लिइएको छ ।

युक्रेनसँगको सीमामा रुसले १ लाख भन्दा बढी सेना परिचालन गरेसँगै रुस र पश्चिमा देशहरु आपसमा द्वन्द्वमा छन् । सीमामा अखडा बनाएर सेना तैनाथ गर्नु रुसको अतिक्रमण योजना भएको अमेरिका र अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोले आरोप लगाउँदै आएको छ । तर सो आरोपलाई अमेरिकी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वीकार गर्दै आएका छन् । 

मंगलबार मात्र रुसीको रक्षा मन्त्रालयका प्रवक्ताले युक्रेन नजिक परिचालन भएको केही फौजले आफ्नो अभ्यास पूरा गरेको र सीमा छोड्न आफ्ना सामान प्याक अप गरेको बताएका थिए । 

‘आफ्नो कार्यहरू पूरा गरिसकेपछि दक्षिणी र पश्चिमी सैन्य जिल्लाका एकाइहरूले रेल र सडक यातायातमा लोड गर्न थालिसकेका छन् र आज तिनीहरू आफ्ना सैन्य आधारहरुमा जान थाल्नेछन्’, रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले रुसी समाचार संस्थाहरुसँग भने ।

रुसले आज अर्थात १६ फेब्रुबरीमा युक्रेनमा अतिक्रमण गर्ने अमेरिकी राष्ट्रपति जोन बाइडेनको दाबी रहेको थियो । बाइडेनले रुसले सेना कम गर्ने जनाए पनि अझै विपद् टरिनसकेको प्रतिक्रिया दिएका छन् । 

यसबारे उनले आफ्ना गठबन्धन देशहरुलाई पनि जानकारी गराउँदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ