युक्रेनमाथि रुसी आक्रमणको 'मानवीय मूल्य ठूलो हुनेछ'- बाइडेन
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ४ बुधबार
1.9k
Shares
काठमाडौं। रुसले अझै पनि युक्रेनमाथि आक्रमण गर्ने सम्भावना रहेको र यसले ठूलो मानवीय क्षति गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।
राष्ट्रिय टेलिभिजनमा बोल्दै उनले रुसले युक्रेनमाथि आक्रमण गरेमा त्यसको प्रतिक्रिया दिन अमेरिका तयार रहेको समेत बताएका छन् । उनका अनुसार रुसले युक्रेनको सिमानामा अहिले करिब १ लाख ५० हजार सेना तैनाथ गरेको छ ।
रुसका रक्षामन्त्रीले केही सेना फिर्ता बोलाइएको बताए पनि बाइडेनले यो कुरा प्रमाणित नभएको बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि युक्रेनी सीमाबाट केही सैनिक फिर्ता ल्याएको जनाएका छन् ।
'रुसले सेना फिर्ता लैजानु राम्रो कुरा भए पनि यो प्रमाणित भइसकेको छैन र हाम्रा विश्लेषकहरूले अझै पनि धम्कीपूर्ण स्थिति रहेको देखाएको छ,' बाइडेनले बताएका छन् ।