संसद्मा एमसीसी पेस हुने भएपछि नयाँ बानेश्वरमा बढाइयो सुरक्षाकर्मी
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ४ बुधबार
893
Shares
काठमाडौँ। प्रतिनिधिसभाको बुधवार बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने भएको छ। साढे दुई वर्षअघि तत्कालीन केपी ओली सरकारले दर्ता गरेको प्रस्ताव बुधवार बैठकमा पेस गर्न लागिएको हो।
सो प्रस्ताव पेस गरिने भएसँगै नयाँ बानेश्वर क्षेत्रमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। सरकारमा सहभागी दल माओवादी केन्द्रसहित विभिन्न सङ्घसङ्गठनले विरोध जनाइरहेका बेला सरकारले प्रस्ताव पेस गर्न लागेको हो।