तत्काल एमसीसी अनुमोदन प्रस्ताव अघि नबढाउने कार्य व्यवस्था समितिको निर्णय
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ४ बुधबार
899
Shares
काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गतको कार्य व्यवस्था परामर्श समितिले तत्काल एमसीसी सम्झौता अनुमोदन प्रस्ताव अघि नबढाउने निर्णय गरेको छ। एमसीसी सम्झौता अनुमोदनका लागि ३० असार २०७६ मा दर्ता भएको प्रस्तावलाई बुधवार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गर्ने तयारी गरिएको थियो।
तर, माओवादी केन्द्रसहित गठबन्धनका दलहरूको असहमति भएपछि कार्य व्यवस्था परामर्श समितिले सो निर्णय गरेको हो। कार्य व्यवस्था परामर्श समितिको बैठक शुक्रवार दिउँसो १ बजे बस्ने निर्णय गरेको छ।