arrow

शुभबेला दुईपटक भएको यस्तो हुनेछ समग्रमा बिहीबारको दिन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
rashifal-horoscope-green_1618196829.jpg

आजको पञ्चाङ्ग : आज मिति २०७८ फागुन ५ गते बिहीबार, इस्वीसंवत फेब्रुअरी १७ तारिक सन् २०२२, श्रीशाके १९४३, नेपाल संवत् ११४२, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फाल्गुनकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फाल्गुनकृष्णपक्षको प्रतिपदा तिथि रहनेछ । आज नक्षत्रमा मघा, विष्कुम्भादि योगमा अतिगण्ड, करणमा बालब र आनन्दादि योगमा मुशल रहनेछ । सूर्य मकर राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान २८ घटि ०४ पला अर्थात ११ घण्टा १३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर ४२ मिनेटमा तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः५५ बजे हुनेछ ।

आजको राशिफल :

मेष : आज समय मध्यम रहनेछ । व्यापार व्यवसायमा लगानी गर्नका लागि केही दिन कुर्नुहोला । आर्थिक व्यवस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगी बिचमा नै अवरुद्ध हुन सक्छन्, ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादीहरू हावी हुनाले कामहरु समयमा सम्पन्न हुँदैनन् ।

वृष : समय शुभ छ । व्यापार व्यावसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । भौतिक सम्पति तथा मानव निर्मित वस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । लामो समयदेखि भेट नभएका मित्रहरुसँग आज भेट हुनेछ भने माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ ।

मिथुन : समय त्यत्ति शुभ छैन । आत्मीय मित्रको सहयोग नपाउँदा थालेका कामहरु बिचमा छोड्नु पर्ने हुन सक्छ । व्यापार व्यवसायमा समय दिन सकिने छैन भने सोचे जस्तो आम्दानी नहँुदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकुल बन्नेछ ।

कर्कट : समय निकै महत्वपूर्ण छ । आफन्त तथ मावली पक्षको सहयोग पाईने हुनाले कामहरु गर्न शरीरमा उर्जा पैदा हुनेछ । प्रतिस्पर्धीलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानीबाट यथेष्ट लाभ लिन सकिनेछ ।

सिंह : समय खराब छ । विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला नतिजा राम्रो आउने छैन । व्यापार व्यावसायमा गरिएको लगानीबाट नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्ला । विद्यामा सोचेजस्तो प्रगति गर्न बढी नै समय दिनुपर्ने देखिन्छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ ।

कन्या : समय राम्रै छ । विभिन्न अवसरहरु आउने देखिन्छ । पढाई लेखाईमा सोचे जस्तै प्रगति हुने हुनाले आफन्त तथा गुरुहरु प्रशन्न हुनेछन् । छोटो तथा रमाइलो यात्राको अधिक सम्भावना रहेको छ भने व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जाने हुनाले घर परिवारमा खुशीयाली छाउनेछ ।

तुला : समय मध्यम खालको छ । दाजुभाई तथा छिमेकीसँग रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भविष्यमा विवाद सृजना हुन सक्छ । अफ्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुनेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ, ध्यान दिनुहोला ।

वृश्चिक : समय उपयुक्त छैन । साथीभाई तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ भने स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राज्य पक्षबाट अनावश्यक झै झमेला आइलाग्न सक्छ । मान सम्मान तथा प्रतिष्ठामा कमिको महसूस हुनेछ । आम्दानी गर्न मुस्किल पर्नेछ ।

धनु : समय राम्रो छैन । विद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । समयमा काम नबन्ने तथा बनेको काम बिग्रने हुँदा मनमा निराशा पैदा हुनेछ । व्यवसायमा लगानी गरे पनि आम्दानी थोरै हुने हँुदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । दक्षिणतर्फको यात्रामा सतर्क हुनुहोला ।

मकर : स्वास्थ्य भरपर्दोे रहनेछ । आम्दानीका श्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरि आय श्रोतमा बृद्धि गर्न सकिनेछ । घर परिवारमा सुखद् समाचारले थप उत्साह जगाउनेछ । भौतिक वस्तुबाट लाभ पाइनेछ ।

कुम्भ : दिन तथा समय राम्रा छन् । धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना छ । भाग्यले साथ दिने हुदा सानो प्रयत्नले कामहरु बन्नेछन् । आज नयाँ काम पाउने योग रहेको छ ।

मीन : समय भरपर्दो रहनेछैन । स्वास्थ्यमा कमजोरी देखिने हुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा नाफा कमाउन निकै समय खर्चनु पर्नेछ । दाजुभाइ तथा छिमेकीसँग अनावश्यक विवाद हुन सक्छ । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

साइत :
साइतः आज सूर्य कुम्भ र चन्द्रमा सिंह राशिमा छन् । त्यसैले पूर्व र उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज बिहीबार परेकाले दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला

बिहान ६ः४१ बजेदेखि ०८ः०५ बजेसम्म शुभ बेला,

बिहान ०८ः०५ बजेदेखि ०९ः२९ बजेसम्म रोग बेला,

बिहान ०९ः२९ बजेदेखि १०ः५३ बजेसम्म उद्धेग बेला,

बिहान १०ः५३ बजेदेखि १२ः१८ बजेसम्म चर बेला,

बिहान १२ः१८ बजेदेखि १ः४२ बजेसम्म लाभ बेला,

दिनमा १ः४२ बजेदेखि ३ः०६ बजेसम्म अमृत बेला,

दिनमा ३ः०६ बजेदेखि ४ः३० बजेसम्म काल बेला,

दिउँसो ४ः३० बजेदेखि ५ः५४ बजेसम्म शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय :
राहुकाल समयः दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट :
यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ