arrow

‘जनतासँग नेपाली काँग्रेस’ अभियान संचालन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
nepali-congress-flag.jpg

बागलुङ । नेपाली काँग्रेस बागलुङले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर ‘जनतासँग नेपाली काँग्रेस’ अभियान संचालन गर्ने भएको छ । जिल्लाका १० वटै स्थानिय तहका  प्रत्येक गाउँ वडा र टोलसम्म पुग्ने गरी अभियान संचालन गर्न लागेको हो ।

बागलुङ काँग्रेसको सोमबार जिल्लाको गलकोट हटियामा बसेको जिल्ला कार्यसमितिको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । अभियानमा तल्लो तहका नेता तथा कार्यकर्तासँग अन्तरक्रिया गर्नुका साथै प्रशिक्षणका कार्यक्रम संचालन गरिने काँग्रेस बागलुङका सभापति जीत शेरचनले जानकारी दिए । 

‘काँग्रेसले स्थानिय तहको निर्वाचन केन्द्रित भएर अभियान संचालन गरेको छ । यो अभियान पार्टीको संगठन सुदृढिकरणका निम्ती ठूलो सार्थक बन्नेछ, सभापति शेरचनले भने, ‘हरेक गाउँ र टोलसम्म नेतृत्व पुग्नेछ । कार्यकर्तासँग अन्तरक्रिया गर्छाैं समस्या बुझ्छौं र समाधानको बोटो खोज्नेछौं ।’ 

उनले आगामी स्थानिय तहको निर्वाचनका लागि काँग्रेसले छुट्टै रणनीति तय गर्ने बताए । अभियान आगामी सातादेखि नै संचालन हुने हरेक स्थानीय तहका लागि जिल्ला तहकै नेतालाई जिम्मेवारी प्रदान गर्ने बताएको छ । 



नयाँ