arrow

रुस-युक्रेन युद्ध टार्न विशेष पहलको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
stop-war.JPG

काठमाडौं ।  रुस-युक्रेनबीच युद्धको आशङ्का तीव्र हुँदै गएको परिस्थितिमा संयुक्त राष्ट्रसंघलाई युद्धको कुनै पनि सम्भावनालाई टार्न-खारेज गर्न अझ विशेष पहलका लागि आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ ।

२०७८ फागुन ५ गते नेपालस्थित राष्ट्रसङ्घीय कार्यालय पुलचोक अगाडि गरिएको प्रदर्शनमा शान्तिवादीहरूले युद्ध टार्न र शान्ति प्रवर्द्धन गर्न आह्वानसहित शान्तिको अधिकार सदा सर्वदा सुरक्षित हुनुपर्नेमा जोड दिएका थिए ।

प्रदर्शन पश्चात्, रुस-युक्रेनबिच बढ्दो तनाव कम गर्न र युद्धको कुनै पनि सम्भावनालाई टार्न-खारेज गर्नका लागि संयुक्त राष्ट्रसङ्घले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै मानव अधिकार तथा शान्ति समाजका तर्फबाट संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई लेखिएको पत्र नेपालस्थित राष्ट्रसङ्घ कार्यालयमा हस्तान्तरण गरिएको थियो ।

प्रदर्शनमा मानव अधिकार तथा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, सचिव मिना ढकाल, सदस्यता अपिल समिति संयोजक बलबहादुर गाहा मगर, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरू चन्द्रमणी बञ्जारा, उमा गौतम, सदस्यता अपिल समिति सदस्य ईश्वरा लिङदेन, काठमाडौँ शाखा का.वा सभापति भगवान् पुडासैनी, ललितपुर शाखा सभापति सन्जोग चाम्लिङ राई, चितवन शाखा सभापति शम्भु राउत,  काठमाडौँ शाखा पूर्व सभापति ईश्वर पुडासैनी लगायत दुई दर्जन शान्तिवादीहरूको सहभागिता थियो ।

शान्ति विशेष भन्ने आह्वानसहित युद्धको विरोध र शान्तिका पक्षमा निरन्तर अभियानरत मानव अधिकार तथा शान्ति समाजले रुस-युक्रेनबिच युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्नुपर्नेमा जोड दिँदै माघ महिनामा रुपन्देही, काठमाडौँ, दाङ, चितवन र पाल्पामा प्रदर्शन गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ