arrow

कांग्रेस गण्डकीमा कोषाध्यक्ष र सदस्यहरू मनोनीत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
Gandaki-Nc-1-scaled.jpg

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यसमितिमा कास्कीबाट तीन जना मनोनीत भएका छन् । मनोनीत हुनेमा कास्कीका नारायण बराल, संज्ञा पोखरेल र देवेन्द्र केसी रहेका छन् ।

बुधबार सम्पन्न पार्टीको बैठकले कास्कीका बराल र केसीसहित १३ जनालाई कार्यसमितिमा मनोनीत गरेको हो । पार्टीको कोषाध्यक्षमा बागलुङका वसन्तकुमार श्रेष्ठ मनोनीत भएका छन् । 

यसैगरी तनहुँका तारा श्रेष्ठ, गोरखाकी रवीकला खनाल, म्याग्दीकी अमृता बानियाँ, पर्वतका रामकृष्ण मल्ल, मनाङका चिन्तबहादुर घले, नवलपुरका द्रोणवन सन्यासी, तनहुँका अमृत विक, बागलुङकी शकुन्तला शर्मा, स्याङ्जाका ध्रुव शर्मा पङ्गेनी र मुस्ताङका योगेश गौचन थकाली सदस्य मनोनीत भएका हुन् ।

बैठकले गठन गरेको कार्यसम्पादन समिति सभापति शुक्रराज शर्मा, उपसभापति कल्पना तिवारी र मेखलाल श्रेष्ठ, महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठ, सहमहामन्त्रीद्वय कोपिला रानाभाट र रामचन्द्र जोशी, कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठ, प्रवक्ता मधु बास्तोला लगायत छन् ।

समितिमा अर्जुन जोशी, पूर्णबहादुर दाहाल, लक्ष्मी आचार्य, शान्तिरमण वाग्ले, अर्जुन शेरचन, शोभा अधिकारी, सरिता गुरुङ, सीता गुरुङ, प्रकाशचन्द्र दवाडी, सुरज गुरुङ, सीताकुमारी काफ्ले लामिछाने, सीता कुँवर, कविता तिवारी, योगेश गौचन, अजित क्षेत्री, अमृत नेपाली, विमला गौचन, छुपिमाया गुरुङ, इन्द्रबहादुर महतो, माया राना, अशोक बस्ताकोटी, चिन्तबहादुर घले, ध्रुव शर्मा पङ्गेनी र पार्वती आचार्य छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ