arrow

पूर्वी युक्रेनमा गोलीबारी, जुनसुकै बेला रुसले आक्रमण गर्ने बाइडेनको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
joe-biden-new.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमाथि जुनसुकै बेला आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् । युक्रेनको पूर्वी जिल्ला लुहान्स्कमा युक्रेनी सेना र रुस समर्थित अलगवादीहरुबीच लडाई हुन थालेसँगै रुसले आक्रमणका लागि यस्तै मौका खोजिरहेको आंकलन गरिएको छ ।

मस्कोले बिहीबार अमेरिकी दूतावासबाट दोस्रो नम्बरका अधिकारीलाई हटाउँदै वाशिंगटनले आफ्नो सुरक्षा मागहरूलाई बेवास्ता गरेको आरोप लगाएको छ ।

कडा शब्दसहितको एक पत्र जारी गर्दै रुसले यो अवस्थामा अनिर्दिष्ट सैन्यप्राविधिक उपायहरू चाल्ने धम्कीसमेत दिएको छ । शुक्रबार बिहान पूर्वी युक्रेनमा युक्रेन पक्ष र रुस समर्थक पृथकतावादीहरू बीचको गोलीबारीले खतराको संकेत बढाएको छ ।

पश्चिमा मुलुकहरुले रुसले आक्रमणका लागि बाहना खोजिरहेको हुन्छ भन्ने कुरालाई यो स्थितीले संकेत गरेको हुनसक्ने अनुमान गरिएको छ ।

यसबीच 'तिनीहरू (युक्रेन)भित्र जाने बहाना पाउनको लागि झूटा झण्डा अपरेसनमा संलग्न छन्। हामीसँग भएका प्रत्येक सङ्केतले तिनीहरू युक्रेनमा जान र युक्रेनमा आक्रमण गर्न तयार रहेको देखाएका छन्,' ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति बाइडेनले भनेका छन् । उनले आउँदा केही दिनमा रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने सम्भावना रहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ