arrow

एमाले सर्लाहीको अध्यक्षमा प्रसाईँ र साहको दाबी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
prasai-saha.jpg

सर्लाही । नेकपा एमाले सर्लाहीको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्ने प्रयास थालिएको छ । यही फागुन ७ र ८ गते सदरमुकाम मलंगवामा तय गरिएको पार्टीको आठौँ जिल्ला अधिवेशनबाट सहमतिमै नेतृत्व छान्ने प्रयास भइरहेको नेताहरूले बताएका छन् । 

अहिलेका अध्यक्ष राजनारायण साहकै नेतृत्वमा नयाँ जिल्ला कमिटी घोषणा गर्ने तयारी भइरहेको बुझिएको छ । तर हरिवन नगरपालिकाका मेयर रहेका नेता गणेश प्रसाद प्रसाईँले पनि अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् । मेयर प्रसाईँले समेत आफूले अध्यक्षमा उम्मेदवारी दिने बताएका छन्  । 

जिल्ला अधिवेशनको उद्घाटन पार्टीका महासचिव शङ्कर पोखरेलले गर्ने एमाले सर्लाहीका सहसचिव विदुर प्याकुरेलले जानकारी दिए । उद्घाटन समारोह सम्पन्न भए लगत्तै बन्द सत्र शुरु हुनेछ । 

जिल्ला अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना सहसचिव रहेको पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिने छ । नवगठित कमिटीको पहिलो बैठकले १४ जना जिल्ला सदस्य मनोनीत गरेर १४९ सदस्यीय जिल्ला कमिटी बनाउने छ । 

एमाले जिल्ला अधिवेशनका लागि जिल्लाभरबाट ४५५ जना जिल्ला अधिवेशन प्रतिनिधि छानिएका छन् । जिल्ला अधिवेशनलाई सम्पन्न गर्न विभिन्न समिति तथा उपसमितिहरू गठन गरिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ