arrow

नेपालका नेता धम्क्याएर नथाकेको चीनले एमसीसीबारे अमेरिकालाई नै घुर्की देखायो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
wang-wenbin.jpg

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोध गर्दै नेपाललाई संसदबाट पारित नगर्न दबाब दिँदै आएको चीनले यसपटक भने खुलेआम अमेरिकाको विरोध गरेको छ । नेपालका कम्युनिष्ट नेताहरुलाई फोन गरेर पटक पटक धम्क्याउनुका साथै विभिन्न प्रलोभनमा पारेको चीनले एमसीसी पास हुने छाँट देखेपछि अमेरिकी शैलीको आलोचना गरेको हो । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नेपालमा एमसीसी अनुमोदन गर्न अमेरिकी ‘जबरजस्ती कुटनीति’ को विरोध गर्ने बताएका हुन् । चिनियाँ राज्य सञ्चालित मिडिया ग्लोबल टाइम्सका अनुसार एमसीसीलाई फेब्रुअरी २८ सम्ममा अनुमोदन गर्न अमेरिकाले नेपाललाई आग्रह गरेको विषयमाथि टिप्पणी गर्दै शुक्रबार पत्रकार सम्मेलनमा उनले यस्तो भनेका हुन् ।

‘नेपाललाई सहयोग गर्न, नेपालको आर्थिक विकास र जीविकोपार्जनमा योगदान दिने हेतुले अन्तर्राष्ट्रिय समुदायलाई चीनले स्वागत गर्छ, तर यो विषय राजनीतिक परिस्थिति विना र नेपाली जनताको इच्छामा आधारित हुनुपर्छ’, वाङले भनेका छन् ।

यस्तै उनले अघि भनेका छन्, ‘नेपालको एक मित्रवत छिमेकी र विकास साझेदारका रूपमा चीनले नेपाली जनतालाई आफ्नै विकासको बाटो रोज्न सहयोग गरिरहने छ । र नेपाललाई आफ्नो देशको हित र जनताको इच्छा अनुसारको निर्णय गर्न पनि सहयोग गर्ने छ ।’

चीनले एमसीसी नेपालले स्वीकार नगरोस् भन्ने चाहेको छ । आफूले प्रभावमा पार्न सक्ने दलका नेताहरुलाई पनि उसले राम्रैसँग अमेरिकाको विरोध गर्न पाठ सिकाएको छ । चीनसँगै भारत, अमेरिका लगायतका थुप्रै देशहरुबाट सहयोगको आवश्यकता रहेको नेपालमा चीनले थप आफ्नो पकड जमाउन हस्तक्षेपकारी भूमिका निभाउँदै आइरहेको छ । 

चीनले दलहरुलाई मिलाउनेदेखि लिएर अब त राष्ट्रिय मुद्दामै प्रत्यक्ष खेल्न थालेको भन्दै चर्को विरोधसमेत भइरहेको छ । 

चीनले नेकपा माओवादी केन्द्रसँगै नेकपा एकीकृत समाजवादीका नेताहरुलाई प्रभावमा पारेर कुनै पनि हालतमा एमसीसी संसदमा पेश हुन नदिन पटक पटक दबाब दिएको छ । जसका कारण माओवादी र नेकपा एस एमसीसीबाट टाढा भाग्न खोज्दैछन् । 

जबकि यिनै नेताहरुले नै एमसीसीलाई अगाडि बढाएका थिए ।

का अनुसार मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई फेब्रुअरी २८ सम्ममा अनुमोदन गर्न अमेरिकाले नेपाललाई आग्रह गरेको बिषयमाथि टिप्पणी गर्दै शुक्रबार पत्रकार सम्मेलनमा उनले यस्तो भनेका हुन् ।

'नेपाललाई सहयोग गर्न, नेपालको आर्थिक विकास र जीविकोपार्जनमा योगदान दिने हेतुले अन्तर्राष्ट्रिय समुदायलाई चीनले स्वागत गर्छ, तर यो बिषय राजनीतिक परिस्थितिविना र नेपाली जनताको इच्छामा आधारित हुनुपर्छ', वाङले भनेका छन् ।

यस्तै उनले अघि भनेका छन्, 'नेपालको एक मित्रवत छिमेकी र विकास साझेदारका रूपमा चीनले नेपाली जनतालाई आफ्नै विकासको बाटो रोज्न सहयोग गरिरहने छ । र नेपाललाई आफ्नो देशको हित र जनताको इच्छा अनुसारको निर्णय गर्न पनि सहयोग गर्ने छ ।'

 



नयाँ