arrow

देशको सार्वभौमिकता रक्षाका लागि कांग्रेस–एमालेबीच सहकार्य अपरिहार्य : डा. महेन्द्र विष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ७ शनिबार
mahendra-bista-journalist.jpg

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्टले ढिला नगरी नेपाली कांग्रेस र नेकपा एमालेले जिम्मेवारीबोधका साथ सहकार्य गर्नु अपरिहार्य भएको बताएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै डा. विष्टले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा सत्तागठबन्धनका केही केही दलको अराजनीतिक चरित्र र गैरजिम्मेवार भूमिकालाई पन्छाउँदै कांग्रेस एमाले मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् । 

उनले लेखेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवामा एमसीसीलाई लिएर छट्पटी बढे पनि निर्णय क्षमताको अभावका कारण मुलुक झन झन जटिलतामा फस्दै गएको छ । आफ्नो पार्टीको स्पष्ट र दृढ समर्थन पाए पनि उहाँ न गठबन्धनलाई सँगै हिँडाउन सक्ने अवस्थामा हुनुहुन्छ न छोड्न सक्ने ।’

डा. विष्ट अगाडि लेख्छन्, ‘फलतः मुलुकभित्र हिंसात्मक भड्काव र बाहिर शक्ति राष्ट्रबीच टकरावको स्पष्ट संकेत देखिन थालेको छ । यो अवस्था अब केही दिन यसैगरी तन्किँदै जाने हो भने राष्ट्रिय क्षमताले धान्नै नसक्ने स्थिति आउने खतरा देखिँदैछ ।’

यो कठिन घडीको समाधान पहिल्याउँदै पत्रकार विष्ट लेख्छन्, ‘यसर्थ सत्ता गठबन्धनका केही दलको अराजनीतिक चरित्र र गैरजिम्मेवार भूमिकालाई पन्छाउँदै मुलुकको शान्ति व्यवस्था एवम् लोकतान्त्रिक प्रणाली र सार्वभौमिकताको रक्षाका खातिर मुलुकका दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले विलम्ब नगरी जिम्मेवारीबोधका साथ सहकार्य गर्न अपरिहार्य भएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ