arrow

डा. शेखर कोइरालाले स्पष्ट पार्दै भने – एमसीसी विशुद्ध विकास निर्माण परियोजना हो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ७ शनिबार
shekhar-Koirala.jpg.jpeg
तस्बिर– फाइल

मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विशुद्ध विकास निर्माण परियोजना भएको बताएका छन् । नेपाली कांग्रेस विराटनगर महानगरपालिका वडा नं ९ द्वारा प्रजातन्त्र दिवसको उपलक्ष्यमा शनिबार यहाँ आयोजित कार्यक्रममा उनले एमसीसी परियोजना नेपालको हितमा रहेको भन्ने कुरालाई जनतालाई बुझाउनुपर्नेमा जोड दिए ।

कोइरालाले नेपालको विकास निर्माण तथा गरिबी निवारण गरी लोकतन्त्रलाई बलियो बनाउनु परियोजनाको लक्ष्य रहेको उल्लेख गर्दै एमसीसी आउँदैमा मुलकमा विदेशी सेना आउने यसको कुनै पनि बुँदामा उल्लेख नभएको प्रष्ट पारे । 

उनले एमसीसी रु ६३ अर्बको परियोजनाले मुलुकको विद्युत् ट्रान्समिसन लाइनको विस्तारसँगै सडक तथा पूर्वाधारको निर्माणलाई बढावा दिनु रहेको बताए । उनले अनुदान लिने नाममा जे कुरालाई पनि स्वीकार गर्नुपर्छ भन्ने पक्षमा आफू नरहेको प्रष्ट पारे ।

नेपाली कांग्रेस वडा नं ९ सभापति अनुजा कोइराला, महानगरपालिकाका सभापति दीपक चापागाईँ, क्षेत्र नं ६ (ख) का सभापति मधुबाबु तिवारी, महाधिवेशन प्रतिनिधि निरञ्जन रिजाल तथा समाजसेवी नारायणप्रसाद श्रेष्ठलगायतले प्रजातन्त्र प्राप्तिका लागि योगदान दिने शहीदहरूको सपनालाई पूरा गर्न नेता तथा कार्यकर्ता जनताको समृद्धिका लागि जुट्नुपर्ने बताए । 

नेता कोइरालाले मुटुरोग विशेषज्ञ डा राजीव श्रेष्ठलाई पार्टीमा स्वागत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ